गुल्मीमा सङरक्षण गृह नहुँदा उद्धार र पुर्नस्थापनामा समस्या
जिल्लामा सङरक्षण गृह नहुँदा हिंसा पीडित महिला तथा बालबालिकाका झन पीडित बन्नुपर्ने अवस्था सृजना भएको छ । सङरक्षण गृहको दिर्घकालिन विकल्प नहुँदा पीडितले थप जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लामा अमरकल्याण बहु–उदेश्यीय महिला सहकारी संस्थाले ०७३ सालदेखि महिला तथा बालबालिका सेवा केन्द्र सञ्चालन गरेको छ । अहिलेसम्म यो केन्द्रले अल्पकालिन आश्रय, न्यायीक प्रक्रियामा सजहजीकरण र पुर्नस्थापनामा सहयोग गरिरहेको सहकारीको व्यावस्थापक अन्जु पन्थीले बताउनु भयो ।
उक्त केन्द्रले वार्षिक २५ देखि ३० जनासम्मलाई क्षणिक सेवा प्रदान गरेको छ । आर्थिक सहयोग कतैबाट नभएपछि सहकारीलाई सेवा केन्द्र सञ्चालनमा समस्या भएको छ । केन्द्रमा ०७३ सालबाट काम गर्दै आउनु भएकी माया बरालले पीडितहरूलाई हेरबिचार, सङरक्षण, मनोबैज्ञानिक परामर्श र न्यायीक प्रक्रियामा सहयोग गर्नुहुन्छ । तर, बजेट नहुँदा पारिश्रमिक त परैको कुरा एक पटक तालिम वा प्रशिक्षण पनि नपाइएको गुनासो बरालले गर्नुभयो । ‘सहयोग कतैबाट छैन केन्द्र बल्लतल्ल थेगेका मात्रै छौ ।,’ उहाँले भन्नु भयो, । बजेट भए थप काम गर्न उत्साहित छौ ।’
हिंसा पीडित महिला तथा बालबालिकाहरू कानुनी उपचारको लागि आउँदा न्याय निरुपण नहुँदासम्म सुरक्षित आवासमा राख्नुपर्ने हो । त्यसो भएमा उनीहरुले न्यायिक लडाईं बिचैमा छाड्ने समस्या हुँदैन । नेपाल बार एसोशियसन गुल्मीका अध्यक्ष गोपाल खनालले सङरक्षण गृह नहुँदा न्याय प्रणालीमा समेत समस्या परेको बताउनु भयो । पीडित महिला बालबालिका र उनीहरूका साक्षी गाउँमा फर्किएर जाँदा आरोपित पक्षबाट पीडित माथी धम्की र प्रलोभन आउने, पीडित र साक्षीले बयान फेर्ने तथा कतिपय अवस्थामा मुद्दा नै छाडेर म्याद समाप्त गरिदिने जोखिम रहेको खनालको भनाइ छ ।
गुल्मीमा बाल इजलास भए पनि बाल सङरक्षण गृह नहुँदा बालबालिका सम्बन्धि घटनाको अनुसन्धान, अभियोजन र निणर्य प्रक्रियामा प्रभाव परेको छ । गुल्मीमा सुधार वा सङरक्षण गृह नहुँदा नियमित न्यायीक सुनुवाईमा प्रभाव परेको छ । ‘बालबालिकाको मुद्दाका नियमित सुनुवाईमा समेत असर परेको छ, सुधार गृहमा बालबालिका बाहिर हुन्छन, मुद्दा जिल्लामा चलेको हुन्छ ।,’ खनालले भन्नु भयो ।
महिला तथा बालबालिका माथि भएका कतिपय घटनामा परिवारका सदस्य र आफन्तहरू बिचमा हुन्छन् । उनीहरूका विरूद्ध उजुरी गरेपछि घरमा फर्कने वातारवण सहज नहुने भएकाले सङ्रक्षण दिएर राख्ने स्थान जिल्लामा अपरिहार्य भएको दलित महिला अधिकारकर्मी कमला बरालले बताउनु भयो । विभिन्न किसिमका हिंसा पीडितहरू प्रहरी कार्यालय आएपछि सङरक्षण र राहतको लागि गैरसरकारी संस्था गुहार्नुपर्ने बाध्यता वर्षौदेखि रहेको बरालको भनाइ छ ।
गुल्मीमा दिर्घकालिन सङरक्षण गृहको बिषयमा सरकारी तथा गैरसरकारी कार्यालय वा नेतृत्वले भुमिका निर्वाह गर्न नसकेको कमलाले आरोप लगाउनु भयो । ‘यो समस्या नयाँ होइन पीडित र पीडिकलाई प्रहरी चौकीमै राख्ने कुरा भएन, अहिले कोभिड सङ्क्रमणले झन जोखिम छ,’उहाँले भन्नु भयो । ‘ सङरक्षण गृहका बिषयमा सवै पक्ष गम्भीर बन्नुपर्छ ।’
रेसुंगा नगरपालिकाका उप–प्रमुख सीता भण्डारीले सङरक्षण गृहका लागि सबै स्थानीय तहसँग समन्वयमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले जिल्लाका सबै स्थानबाट हिंसामा परेका महिला तथा बालबालिका प्रहरी र अदालत खोज्दै आउने भएकाले यो बिषय सबै स्थानीय तहको चासोमा पर्नुपर्ने बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरवरियालाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६…
बालबालिकालाई शारीरिक र मानसिक यातना दिएका आरोपित गिरफ्तार
कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनी आश्वासन दिई बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिने कार्य गरेको आरोपमा मादी गाउँपालिका–६ भुमे प्राथमिक…