यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ २३ गते

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि माघ २३ गते गिरफ्तार गरेको एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो ।

पीडित बालकको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २० गते गरिएको छ ।

 


जयकृष्ण यादव