गुणस्तरयुक्त आहाराको अभावमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
गुणस्तरयुक्त आहाराको अभावमा सुर्खेतमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
बालबालिबालाई कुपोषित हुनबाट बचाउन राज्यले अघि सारेको नीति अनुरुप बालबालिकाले गुणस्तरयुक्त आहारा पाउन नसक्दा कुपोषित बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो ।
कुपोषित बालबालिकाहरूको क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरूले त्यस्ता बालबालिकाको बारेमा प्रभावकारी काम गर्न नसकेको कारण वर्षेनी कुपोषण हुने बालबालिकाको सङ्ख्यामा बृद्धि भएको सरोकारवालाहरूको भनाइ छ ।
जिल्ला जनस्वास्थ कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०६९/७० मा जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ० दशमलव ५ प्रतिशत रहेकोमा आ.व. ०७२/७३ मा आइपुग्दा त्यो सङ्ख्या बढेर ३ प्रतिशत पुगेको छ । जनस्वास्थ कार्यालय र अन्य गैर सरकारी सस्थाहरूले समुदायमा कुपोषण घटाउन नियमित कार्यक्रम सञ्चालन गरेपनि कार्यक्रम प्रभावकारी हुन नसकेकै कारण कुपोषण हुने बालबालिकाको दर घट्नुको साटो वर्षेनी बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले बताए । प्रमुख अधिकारीका अनुसार शहरमा भन्दा ग्रामीण क्षेत्रका बालबालिका बढी कुपोषित देखिएका छन् ।
ग्रामीण क्षेत्रमा खाना नपाएर भन्दा पनि खानाको सन्तुलन मिलाउन नजानेर अधिकांश बालबालिकामा कुपोषण हुने गरेको अधिकारीले बताए । ‘कुन उमेरका बालबालिकालाई के खुवाउने र के नखुवाउने भन्ने अज्ञानताका कारण जिल्लाका बालबालिका कुपोषणबाट पीडित भइरहेका छन् ।’–जनस्वास्थ्य प्रमुख अधिकारीले भने ।
उनका अनुसार पाँच वर्षभन्दा कम उमेरका बालबालिका र महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेपनि कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन ।
कार्यक्रमहरू प्रभावकारी हुन नसक्दा उनीहरूको स्वास्थ्यमा अपेक्षा गरे अनुसार सुधार आउन सकेको छैन । जन्मेदेखि दुई वर्षसम्मका बालबालिकामा शारीरिक र मानसिक वृद्धिका साथै सुस्वास्थ्य तथा विकासका लागि पर्याप्त पोषण आवश्यक पर्छ ।
स्वास्थ्य सर्वेक्षणको प्रतिवेदन अनुसार बालबालिकालाई ६ महिनापछि आमाको दुधसँगै अन्य पोषिला खानेकुरा समेत खुवाउनुपर्छ । तर, जिल्लाका ३० प्रतिशत बालबालिकाले ६ देखि ९ महिनाको उमेरसम्म यस्ता पोषिला खानेकुरा खान पाएका छैनन् । देशभर २९ प्रतिशत बालबालिका कुपोषित छन् ।
कुपोषित बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक श्रीकृष्ण पौडेलले सरकारी तथा गैरसरकारी संस्थाहरूबाट उनीहरूका लागि सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी बन्न नसकेकाले यस्तो अवस्था आएको बताए ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…