गाउँपालिका कार्यालय नजिकै बेवारिसे बम फेला

  ०७५ फागुन २३ गते

त्रिवेणी गाउँपालिका कार्यालय नजिक फागुन २३ गते दुई ओटा सकेट बम र लिबाङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक ग्रीनेट बम फेला परेको प्रहरीले जनाएको छ ।

जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुई ओटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले बताए ।

बम राखेको क्षेत्रमा प्रहरी पुगेको र बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।

फागुन २१ गते राति पार्किङ गरेको गाडीमा तोडफोड भएको थियो । उक्त गाडी तोडफोड गर्ने पक्षले नै बम राखेको हुन सक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । बम फेला परेपछि जनप्रनिधि र स्थानीय त्रासमा रहेका छन् ।


माधवकुमार ओली