गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित तीन जना गिरफ्तार

  ०७६ भदौ ३१ गते

माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिका-१ का अध्यक्ष वीरेन्द्र गुरुङ, माछापुच्छ्रे गाउँपालिका-१ बस्ने तरुण दलका नेता विपुल शर्मा र वडा नं २ का वडा सदस्य गणेश आचार्यलाई पोखरा मनपा-५ जिरोकिलोमिटरबाट भदौ ३१ गते बिहान ९ बजे प्रहरीले गिरफ्तार गरेको छ ।

भदौ २५ गते बुधबार गाउँपालिकाको बैठक कक्षमा रहेका सामग्रीहरू तोडफोड गरेको भन्दै गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएपछि गिरफ्तार गरिएको एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

गिरफ्तारपछि थप अनुसन्धानको प्रक्रिया अघि बढेको कार्कीले जानकारी दिए । प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, सूचना अधिकारी हरिलाल आचार्यसँगै छलफल चलिरहेका बेला कार्यालयमा तोडफोड भएको गाउँपालिका कार्यावहाक प्रमुख समेत रहेकी उपप्रमुख दवाडीले जानकारी दिइन् ।


सुशन घिमिरे