गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै न्यायको लागि पहल गरीदिन आग्रह
लक्षीपुर पतारी गाउँपालिका–२ का ३४ वर्षीय विष्णुदेव यादवलाई लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले कुटपिट गरेको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन अधिकारकर्मीहरूलाई फागुन १९ गते आग्रह गरेका छन् ।
पीडितका अनुसार पसलमा चोरी भएको विषयमा न्याय माग्न जाँदा अध्यक्ष साहले र सहयोगीमार्फत फागुन १६ गते कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएका यादवको उपचार लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा गरिएको छ ।
फागुन ८ गते पसलमा चोरी भएपछि न्यायको लागि न्यायिक समितिमा फागुन १० गते छलफल भइरहेको बेला अध्यक्षले छलफलको दिन फागुन १६ गते राख्नु भनेपछि आपूm छलफलको लागि १६ गते जाँदा आज छलफल हुँदैन भनेपछि सो विषयमा विवाद हुँदा अध्यक्षलगायत उनका सहयोगीहरूले कुटपिट गरेको पीडित यादवले बताए ।
गाउँपालिका अध्यक्ष रामवल्लभ साहले भने–“आज बिदाको दिन छलफल नहुने भनेपछि विष्णुले हल्ला गर्दा बाहिर पठाउन लगाएको मात्रै हो कुटपिट गरेको छैन ।”
इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार पीडितले घाउजाँचको लागि फागुन १७ गते निवेदन दिएको हुँदा परीक्षणको लागि स्वास्थ्य कार्यालयलाई पत्र लेखेको बताए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…