गाउँपालिका अध्यक्षद्वारा प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

  ०७६ पुस १० गते

दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४९ वर्षीया ध्रुव खनाललाई सोही गाउँपालिका अध्यक्ष ५८ वर्षीया छुपीमायाँ गुरुङले कुटपिट गरी दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ ।

पुस ८ गते बसेको गाउँ कार्यपालिकाको बैठकमा अध्यक्षले कुटपिट गरेको पीडित खनालले बताउनुभयो ।

अध्यक्ष छुपीमायाँले कार्यालय समयमा खनालले मदिरा सेवन गरेर आएको र सेवाग्राहीले गुनासो गरेपछि एक झापड लगाएको स्वीकार गर्नुभयो ।

खनालले न्यायको लागिसामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालय जाने बताउनुभएको छ । उहाँले प्रहरी प्रशासनमा कुनै उजुरी दिनुभएको छैन ।


दलबहादुर मजाकोटी