गाउँपालिका अध्यक्षका घरमा बम विष्फोट

  ०७६ जेठ ४ गते

बलान विहुल गाउँपालिका–२ चनही टोलस्थित बलान बिहुल गाउँपालिका अध्यक्ष ४० वर्षीय दयानन्द गोइतको घरमा जेठ ३ गते राति कुकर बम विष्फोट भएको छ ।

गोइतको सुत्ने घरदेखि २० मिटरको दुरीमा रहेको प्रतिक्षालयमा राति १२ः१५ बजे विष्फोट भएको अध्यक्ष गोइतले जानकारी दिए । गोइतका अनुसार राति सुत्न गएपछि घर अगाडि रहेको प्रतिक्षालयमा बम विष्फोट भएको हो ।

विष्फोटले प्रतिक्षालयका कुर्सी, टेबुलमा क्षति पुगेको छ । विष्फोटको छर्रा लागेर नजिकै गुहाली घरमा सुतिरहेका गोइतका काका ५८ वर्षीय श्यामानन्द गोइतको गोडामा चोट लागेको छ । श्यामानन्द सामान्य घाइते भएको उनले बताए ।

photo20190518saptari (1) photo20190518saptari (2)


मनोहरकुमार पोखरेल