गाउँपालिकाले म्याद नाघेको औषधि पठाएको स्वास्थ्यकर्मीहरूको गुनासो

  ०७६ जेठ ३१ गते

गाउँपालिकाले म्याद नाघेको औषधि स्वास्थ्य संस्थामा पठाएको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । नौबहिनी गाउँपालिकाले वडा नम्बर ८ मा रहेको फोप्ली स्वास्थ्य चौकीमा सरकारले निःशुल्क वितरण गरिने सुत्केरी महिलाको पाठेघर खुम्च्याउन सहयोग गर्ने र रगत बग्न रोक्न प्रयोग हुने अक्सीटोसीन औषधि म्याद नाघेको पठाएको अहेव विनोद शाहले बताए  ।

फोप्ली स्वास्थ्य चौकीका कर्मचारीले म्याद नाघेको औषधि दुई पटक पठाइसकेको आरोप लगाए । महिला सुत्केरी भएपछि अनिवार्य लगाउनु पर्ने औषधि सुई म्याद नाघेको आएपछि आफूहरूलाई समस्या भएको स्वास्थ्य चौकीका अहेव विनोद शाहले बताए ।

उनका अनुसार गाउँमा खरिद गर्न पनि नमिल्ने र म्याद नाघेको औषधि दिन पनि नमिल्ने भएका कारण आषधि नदिएरै पठाउनु परेको छ ।

आफुहरूले औषधि पठाउँदा धेरै औषधिहरूमा मिसियर गएको हुन सक्ने र जानकारी पाएपछि औषधि प्रयोग नगर्न खबर गरिएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य एकाइ प्रमुख ऋषिराम शर्माले बताए ।


रविन्द्र पाण्डे