गाउँपालिकाद्वारा जोखिममा रहेको वस्ति नै सारेर घर निर्माण कार्य शुरू
मेल्लेख गाउँपालिका–७ नन्देगडाको रिठागाउँमा पहिरोको जोखिममा रहेका १६ परिवारलाई सोही वडाको नन्देगडा बजार नजिक जग्गा खरिद गरेर मेल्लेख गाउँपालिकाले भूकम्प प्रतिरोधी घर निर्माणको थालनी गरेको छ ।
शौचालय, पानी, धारासहितको अत्याधुनिक घर निर्माणको थालनी भएको मल्लेख गाउँपालिका – ७ का वडा अध्यक्ष नरबहादुर बुढाले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘गाउँपालिकाकाले १ लाख ५० हजार रुपियाँ प्रतिरोपनीका दरले स्थानीयको जग्गा खरिद गरेर दुई कोठाको पक्की घर बनाउन शुरू गरेको छ । एउटा घरमा ८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।’
हाल १२ परिवारका लागि जग्गा खरिद गरेर घर निर्माण गर्ने काम शुरु भएको छ भने यसै आर्थिक वर्षमा चार परिवारको लागि जग्गा खरिद गरेर घर निर्माण सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारको समपुरक विशेष अनुदान, प्रदेश सरकारको बजेट र गाउँपालिकाको रकमबाट जोखिममा रहेको वस्तिलाई सारिने भएको हो ।
पहिरोको जोखिममा रहेको वस्तिलाई सुरक्षित रूपमा बसाल्न एकीकृत वस्तिको योजनासहित घर निर्माणको थालनी गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनु भयो ।
गएको भदौ महिनामा नन्देगडामा रहेको रिठागाउँमाथिबाट सुख्खा पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि खानी तथा भूगर्भ विभागको टोलीले स्थालगत अध्ययन गरी वस्ति नै सार्नु पर्ने सुझावसहितको प्रतिवेदन दिएको थियो ।
शिवराज ढुंगाना
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले…
उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा…
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…