गाउँपालिकाको लापरबाहीः विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

  ०७५ वैशाख ९ गते

हुम्लाका गाउँपालिका कार्यालयको लापरबाहीका कारण कतिपय गाउँपालिकाका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी निःशुल्क वितरण गर्ने प्रावधान भए पनि नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा समेत बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन् । हुम्लालगायत कर्णालीका जिल्लामा मंसिरमा शैक्षिक सत्र अन्त्य हुने र फागुनबाट सुरु हुनुपर्नेमा हाल विद्यालय खुलेता पनि विद्यार्थीले पाठ्पुस्तक नपाउँदा पठन-पाठनमा समस्या भएको मानसरोवर मावि विद्यालयका प्रभानध्यापक अमरबहादुर शाहीले गुनासो गरे ।


नन्द सिंह