गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्ने धम्की
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ६ गते एक विज्ञप्ति प्रकाशन गरी म्यागङ गाउँपालिका अध्यक्षलाई जनकारबाही गर्ने धम्की दिएको छ ।
अध्यक्ष तामाङले गाउँपालिकामा भ्रष्टाचार गरेको, जनविरोधी काम गरेकोले सम्पूर्ण गाउँपालिका वासीको अघि आफूले गरेको अनियमितता स्वीकार गरी जनतासामु नबुझाएको खण्डमा जनकारबाही गरिने चेतावनी जिल्ला सेक्रेटरी विन्दुले हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक गरिएको हो ।
म्यागङ गाउँपालिकाको कार्यालयमा ०७७ वैशाख ८ गते आगजनी भएको थियो । गाउँपालिकामा भएको अनियमितता लुकाउन अध्यक्ष आफ्नै मिलेमतोमा आगजनी गरेको आरोप नेपाल कम्युनिष्ट पार्टीले लगाएको छ ।
यसैबीच, बेलकोटगढी नपा–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा भदौ ६ गते राती प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएर क्षति पुर्याएका छन् । २० लाख भन्दा बढीको क्षति भएको सञ्चालक तामाङले बताउनुभयो । घटनास्थलमा कारबाही गरिएको आसयको पर्चा भेटिएको तामाङले बताउनुभयो ।
आगलागीको बारेमा अनुसन्धान भइरहेको र एकजनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर विष्णु फुँयालले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भन्दै गिरफ्तार गरिएको व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…