गाउँपालिका अध्यक्ष बममाथि कुटपिट

  ०७७ वैशाख २८ गते

पलाँता गाउँपालिका –८ निवासी सोही गाउँपालिका अध्यक्ष ३५ वर्षीय लक्ष्मणबहादुर बममाथि वैशाख २७ गते कुटपिट भएको छ ।

नेकपा पलाँता गाउँपालिका कमिटी अध्यक्ष ३७ वर्षीय इन्द्र रोकाया, वडा नम्बर–२ का वडाध्यक्ष ४२ वर्षीय मानबहादुर भण्डारी लगायतको टोलीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएकाे पीडितकाे आरोप छ ।

वडा नम्बर–२ को ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बममाथि कुटपिट भएको जिल्ला प्रहरी  कार्यालयका डिएसपी श्याम ओलियाले जानकारी दिनु भएकाे छ ।

उहाँका अनुसार बिहान ११ बजेतिर गाउँमा उपभोक्ता समिति गठन सम्बन्धी छलफल भइरहेको अवस्थामा आरोपितहरूले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटका कारण अध्यक्ष बम, उहाँकी  पत्नी र भतिजा सामान्य घाइते भएका छन् ।

घाइते अध्यक्ष बमको स्थानीय  स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


कालीबहादुर मल्ल