गर्भवतिलाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
३७ वर्षीया गर्भवति महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बराहक्षेत्र नगरपालिका–८ किराँतचोक सुनसरीका ३७ वर्षीय राजु राईलाई जिल्ला अदालत उदयपुरले मङ्सिर १९ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै बलात्कार कसुरमा नौ वर्ष र पीडित गर्भवति रहेको अवस्थामा (गर्भवतिलाई बलात्कार गरेकोमा) थप तीन वर्ष गरी १२ वर्ष कैद भुक्तान हुने गरी फैसला सुनाएको हो ।
कसुरदारले ०७५ पुस २४ गते पीडितलाई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय रामपुरमा पुस २९ गते उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ३० गते जिल्ला अस्पतालमा गरिएको थियो । पुस २९ गते गिरफ्तार परेका कसुरदारलाई अदालतले माघ १७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
भरत खड्का
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…