गर्भपतन गराएको आरोपमा जेठानी र सासू गिरफ्तार

  ०७६ भदौ २१ गते

बोदे बर्साइन नगरपालिका–३ की २४ वर्षीया अनीषा खातुनको गर्भपतन गराएको आरोपमा प्रहरीले २५ वर्षीया जेठानी मकिना खातुन र ४३ वर्षीया सासू जहुरन खातुनलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितहरूले भदौ ५ गते घरायसी विवादमा कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितका दाजु मो. मुमताज आलमले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ १३ गते गर्भपतनविरूद्ध उजुरी दर्ता गरेको थियो ।

पीडितको उपचार तथा स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ १३ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल