गण्डकी मेडिकल कलेजका सात जना विद्यार्थी गिरफ्तार

  ०७६ मङ्सिर १९ गते

पोखरा महानगरपालिका–२७ स्थित गण्डकी मेडिकल कलेजबाट मङ्सिर १९ गते सात जना विद्यार्थीलाई परीक्षा बहिष्कार गरी क्याम्पसमा होहल्ला गरेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ ।

पोखरा मनपा–७ स्थित गण्डकी मेडिकल कलेज होस्टलमा बस्दै आएका जनकपुर जिल्ला घर भएका २४ वर्षीय अनित सिन्हा, रुपन्देही जिल्ला घर भएका २३ वर्षीय विकास रेश्मी थापा, काठमाडौँ जिल्ला घर भएका बस्ने १९ वर्षीय योन्गी पन्त, मोरङ जिल्ला विराटनगर घर भएका २१ वर्षीय अङ्कित शर्मा, स्याङ्जा जिल्ला घर भएका २० वर्षीय सौगात पाण्डे, तनहुँ जिल्ला शुक्लागण्डकी घर भएका २६ वर्षीय मनिस अर्याल, रौतहट जिल्ला घर भएका १९ वर्षीय ओमप्रकाश चौधरी र चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई पोखरा मनपा–८ बस्दै आएका २३ वर्षीय प्रविन गौतमलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिरिने क्रममा प्रहरीले गिरफ्तार गरेको पीडित विद्यार्थी प्रविन गौतमले बताउनुभयो ।

‘म त कलेज गेट बाहिर थिएँ । भित्र पहिलो, तेस्रो र चौथो वर्षका विद्यार्थीहरूले परीक्षा बहिस्कार गरेर निस्कने क्रममा कलेज भित्रै प्रहरीसँग सामान्य भनाभन भइरहेको थियो ।’–गौतमले भन्नुभयो–‘चर्का चर्की भएपछि सिनियर विद्यार्थी भएको नाताले बुझ्न जाँदा प्रहरीले गिरफ्तार ग¥यो ।’

गिरफतर गरिएका विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यलय डाँडाको नाक शिशुवामा राखिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी राजकुमार केसीले कलेज परिसरमा हुलहुज्जत गरेपछि गिरफ्तार गरिएको जानकारी दिनुभयो ।


सुशन घिमिरे