गण्डकी प्रदेशमा सन् २०२० मा ४ सय ७७ जना पीडित
इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय ७७ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण गर्दै गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले मानव अधिकार वर्ष पुस्तकले राज्य र त्यसका निकायलाई मानव अधिकार प्रति सचेत बनाउने बताउनुभयो ।
उहाँले नेपाल मानवअधिकार वर्ष पुस्तकले नेपालको मानव अधिकार अवस्थालाई बुझ्न महत्वपूर्ण भूमिका खेलेको भनाइ राख्नुभयो ।
मानव अधिकार मैत्री प्रदेश बनाउनका लागि इन्सेक सहित मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरूसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख शिवप्रसाद खकुरेलले मानव अधिकारको संरक्षण र सम्वद्र्धनको दायित्व राज्यको भएको बताउँदै राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेशको मानव अधिकारको अवस्था र तथ्याङ्कसाथै प्रदेशका प्रमुख सरोकारका विषयहरू, कोभिड–१९ को सङ्क्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार , गिरफ्तारी , कारागारको अवस्थाका विषयमा समस्या र सुझाव समेत पेश गर्नुभएको थियो ।
इन्सेकको अभिलेख अनुसार गण्डकी प्रदेशमा सन् २०२० राज्य पक्षबाट ९२ जना र गैरराज्य पक्षबाट ३ सय ८५ गरी ४ सय ७७ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भए ।
यस वर्ष राज्य पक्षबाट ६ जना महिला र ८६ पुरूष गरी ९२ जना र गैरराज्य पक्षबाट ३ सय ५३ महिला र ३२ जना पुरूष गरी ३ सय ८५ जना पीडित भएका छन् ।
यस वर्ष बाल अधिकार हननका घटनामा १ सय १५ जना बालिका तथा ६ जना गरी १ सय २१ जना बालबालिका पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
जसमध्ये बलात्कारमा ७४ जना बालिका पीडित भए भने यौन दुर्व्यवहार घटनामा ३४ बालिका र ४ बालक रहेको तथ्याङ्कले देखाएको छ ।
इन्सेकले गरेको अभिलेखका अनुसार यस वर्ष महिला अधिकार हननका घटनामा २ सय २५ जना महिला पीडित भएका छन् ।
यस वर्ष राज्य पक्षबाट भएका घटनामा अभिव्यक्ति, भेला तथा सङ्गठित हुन पाउने अधिकारबाट २६ जना नागरिक वञ्चित भएको इन्सेकले अभिलेख गरेको छ भने राज्य पक्षबाट भएको गिरफ्तारीमा ६१ ज्ना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले अघिल्लो वर्षको तुलनामा राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएको बताउँदै आगामी वर्ष अझ कम हुँदै जाने बताउनुभयो ।
उहाँले प्रहरी सदैव मानव अधिकारको संरक्षण र सम्वद्र्धनको पक्षमा रहेको बताउनुभयो ।
पछिल्लो समय सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर गैरराज्यपक्षबाट मानव अधिकार उल्लङ्घनका घटना बढेको बताउँदै कानुनको अभावका कारण समस्या भएको उहाँको भनाइ थियो ।
गैरसरकारी संस्था महासङ्घ केन्द्रिय महासचिव रामप्रसाद सुवेदीले नेपाल मानव अधिकार वर्ष पुस्तक नेपालमा मात्रै नभइ अन्तरराष्ट्रिय स्तरमा समेत उपयोगी हुँदै आएको बताउनुभयो ।
उहाँले नागरिक र राजनिति अधिकारलाई सुरक्षित गराउन नागरिक सङ्गठन सदैव अग्र भूमिकामा रहने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले नेपालले अन्तरराष्ट्रिय रूपमा गरेको सन्धीहरू अनुरूप राज्य संयन्त्रले काम गर्न नसकेको भनाइ राख्नुभयो ।
गैसस महासंङ्घ गण्डकी अध्यक्ष विना सिलवालले राज्यपक्षबाट ज्यादतीका घटना भइराख्नु दुःखको विषय भएको बताउनुभयो ।
‘राज्य संरक्षक हो संरक्षक नै भक्षक भयो भने त्यसले पीडादायी अवस्था सिर्जना गर्छ, आशा गरौं आगामी वर्ष राज्य पक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटना वर्ष पुस्तकमा नहुन्’,–उहाँले भन्नुभयो ।
लामो समयसम्म न्याय निरूपणमा नहुँदा समेत नागरिकहरू पीडित हुने गरेको उहाँको भनाइ थियो ।
प्रेस काउन्सिल वोर्ड सदस्य दुर्गा भण्डारीले नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण मानव अधिकारको दस्तावेज रहेको र विभिन्न अध्ययन प्रतिवेदनहरूको तयारीमा एकपटक हेर्नैपर्ने दस्तावेज भएको बताउनुभयो ।
पोखरा महानगरपालिका बाल मञ्च अध्यक्ष एलिना श्रेष्ठले पछिल्लो समय बालबालिका माथि हुने हिंसाका घटना बढेको भन्दै त्यसको न्यूनिकरणका लागि परिवार,समाज र राज्यको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सार्वजनिकीकरण कार्यक्रममा २०२० को उत्कृष्ट जिल्ला प्रतिनिधिको रूपमा इन्सेक कास्की प्रतिनिधि सुशन घिमिरेलाई प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले ७ हजार रुपियाँ नगद, मायाको चिनो र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभयो ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…