खानेपानी शुद्ध बनाउने मेसिन इन्सेकद्वारा विद्यालयलाई हस्तान्तरण
विद्या मन्दिर माध्यमिक विद्यालय,चन्द्रागिरी नपा–१३, पुरानो नैकाप, काठमाडौँमा इन्सेकले जडान गरेको पानी शुद्धिकरण मेसिन एक कार्यक्रमकाबीच इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
विद्यालयमा पानी शुद्धिकरण मेसिन जडान भएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीले शुद्ध खानेपानी खान पाउने सो समारोहमा कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।
सो विद्यालयलाई इन्सेकले यसअघि पनि शिक्षण पद्धतिलाई सघाउने सामग्री हस्तारण गरिएको स्मरण गर्नु भयो ।
चन्द्रागिरी नपा–१० का वडाध्यक्ष बालमुकुन्द बिडारीले इन्सेकको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको काममा इन्सेकले सहयोग गरेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक माधव गौतमले इन्सेकले विगतदेखि नै विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटोँडाका संयोजक कृष्ण गौतमले सञ्चालन गर्नु भएको समारोहमा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला
राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले…
बादी समुदायको समस्या समाधान गर्न अधिकारर्मीको माग
पाँच दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलनरत सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटका बादी समुदायको समस्या सम्बोधन गर्न अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी…
प्रतिबन्धित नेकपाका तीन जना नेता कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सप्तरी ‘जन सरकार’ प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा/सप्तरी जिल्ला सदस्यहरु राजबिराज नगरपालिका–४ का उदय उपनामका…