खानेपानीको विवादका क्रममा वडा अध्यक्षमाथि कुटपिट
नीलकण्ठ नगरपालिका-१२ का वडा अध्यक्ष ४५ वर्षीय बाबुराम लम्सालमाथि असार २४ गते कुटपिट भएको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानासहित देउराली बटुवा सडकको अनुगमनको क्रममा गाउँ पुगेका बेला नीलकण्ठ नगरपालिका-१२ कुँडुलेफाँटमा खानेपानीको विषयलाई लिएर विवाद हुँदा नगरपालिका प्रमुख ढुङ्गानाको अगाडि नै लम्सालमाथि कुटपिट गरिएको हो ।
कुटपिट गर्नेमा साङ्कोष माध्यमिक विद्यालयका शिक्षक नीलकण्ठ नगरपालिका-१२ का ५२ वर्षीय युवराज रिजाल, सोही ठाँउ बस्ने पण्डितचौर आधारभुत विद्यालयका शिक्षक ४७ वर्षीय बलराम रिजाल, सोही ठाँउ बस्ने पूर्व शिक्षक ५५ वर्षीय नानीराम रिजाल र २९ वर्षीय दिपक रिजाल रहेका छन् ।
कुँडुले क्षेत्रमा १ सय घरलाई खानेपानी ल्याइएको मुहान आरोपितहरूले आफूहरूको परेको भन्दै दावी गरी पानी नदिने अडान राख्दै आएर एक्कासी लम्सालमाथि आक्रमण गर्दा अनुहार र टउकोमा चोट लागेको छ ।
घाइते लम्साललाई नगरप्रमुख ढुङ्गानासहित अन्य व्यक्तिहरूले उद्दार गरी असार २४ गते जिल्ला अस्पताल धादिङमा उपचार गरिएको नगर प्रमुख ढुङ्गानाले बताए ।
आरोपितहरूविरूद्ध लम्सालले असार २४ गते अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएपनि दुवै पक्ष छलफलकै क्रममा रहेकाले उजुरी दर्ता भइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बताए ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…