खाद्य अधिकार सुनिश्चित गर्न माग
विश्व खाद्य सुरक्षा दिवसको अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले खाद्य अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
दिवसको अवसरमा असोज ३० गते जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रमका सहभागीहरूले यस्तो माग गरेका हुन् ।
अहिले जिल्लाका तीन गाँउपालिका (तत्कालिन १४ गाविस) खाद्य असुरक्षित भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी करन चन्दले बताए ।
पञ्चेश्वर, शिवनाथ र सिगास गाँउपालिकाका तत्कालिन आम्चोरा, विशालपुर, कुलाउ, महाकाली, पञ्चेश्वर, शर्माली, शिवनाथ, उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलिङ्ग, न्वादेउ र ढुंगाड गाविस खाद्य असुरक्षाको सूचीमा छन् ।
तीन महिना खान नपुग्ने, सडक, बजार र रोजगारको सुविधा नभएको परिवारमा खाद्य असुरक्षा भएको मानिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा तौल लिन आउने बच्चाहरूमध्ये १ हजार २ सय बच्चाहरूमा कडा खालको कुपोषणको समस्या देखिएको छ ।
"खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ ।"-जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी कर्णबहादुर चन्दले भने ।
"सडकको पहुँच नभएका यी खाद्य असुरक्षित ठाँउहरूमा खाद्यान्नको सहज उपलब्धता गराई नागरिकको खाद्य अधिकार सुनिश्चित गर्नुपर्छ ।"-नेपाल रेडक्रस सोसाईटीका सभापति भिमदत्त पाण्डेयले भने ।
यस्तै जिल्लाका तत्कालिन २३ गाविस मध्यम खाद्य असुरक्षित अवस्थामा तथा २ नगरपालिका र बाँकी २१ वटा गाविस न्युनतम खाद्य असुरक्षितको सूचीमा छन् ।
जिल्लामा कुल खेतीयोग्य जमिन ३१ हजार ४ सय ८५ हेक्टर मध्ये २५ हजार ७ सय हेक्टरमा मात्रै खेती गरिँदै आएको छ । तीमध्ये १० हजार ५ सय २० हेक्टरमा मात्र सिञ्चाई सुविधा पुगेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ ।
हरेक वर्षअक्टोबर १६ का दिन विश्व खाद्य सुरक्षा दिवस मनाउने गरिएको छ । संविधानको भाग ३, मौलिक हक अन्तर्गत धारा ३६ मा खाद्यसम्बन्धी हकको व्यवस्था गरिएको छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले…
उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा…
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…