खाद्यान्न अभाव हुँदा सर्वसाधारण मर्कामा
नेपाल खाद्य संस्थान मुगु शाखा सहित तीन डिपो र दुई बिक्रि केन्द्रमा मौज्दात खाद्यान्न सकिन लागेपछि जिल्लाभर खाद्यान्न अभाव भएको छ ।
खाद्य संस्थान केन्द्रीय कार्यालयले आर्थिक वर्ष ०७६/०७७ मा जिल्लाभरका लागि भनेर पठाएको खाद्यान्न सकिन लागेको र नयाँ आर्थिक वर्षका लागि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव देखिएको हो ।
खाद्य संस्थान मुगु शाखाका अनुसार हाल ७ सय क्विन्टल मात्र खाद्यान्न मौज्दात छ । उक्त खाद्यान्न साउन मसान्तभित्रै सकिने शाखाको अनुमान छ । वर्षात्का कारण नाग्म-गमगढी सडक खण्डमा अवरोध आएपछि व्यापारीहरूले समेत खाद्यान्न ढुवानी गर्न सकेका छैनन् ।
चालु आर्थिक वर्षका लागि ठेकेदारको फर्म स्वीकृत भएपछि मात्र ढुवानी हुने खाद्य संस्थान मुगुका प्रमुख कर्ण रावलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा राजापुरबाट ढुवानी भई आउनुपर्ने २ हजार ५ सय क्विन्टल खाद्यान्न ढुवानी हुन नसक्दा अभाव व्यर्होनु परेको हो ।
ग्रामीण क्षेत्रमा रहेका डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न मौज्दात शून्य भएपछि उक्त क्षेत्रबाट दुई तीन दिन लगाएर स्थानीयहरू खाद्यान्नको खोजीमा जिल्ला सदरमुकाम आइपुगेका छन् । जिल्लास्थित खाद्य संस्थानले भने खाद्यान्न अभाव भएको भन्दै प्रति व्यक्ति ३० किलो चामल मात्र दिएको छ । त्यतिमात्र चामलले ठूलो परिवारलाई एक हप्ता पनि नपुग्ने सोरु गाउँपालिका-३ का ४८ वर्षीय जय सेजुवालको भनाई छ ।
प्रति ३० किलो चामलको मूल्य १ हजार ४ सय ४० देखि १ हजार ५ सय ५० पर्ने संस्थानले जनाएको छ । व्यापारीहरूले भने ढुवानीमा समस्या भएकोले ३० किलो चामललाई १ हजार ७ सय देखि २ हजार २ सय सम्म बिक्री गर्नु परेको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि खाद्य संस्थान मुगुलाई ११ हजार, सोरुकोट डिपोमा २ हजार, कालै बिक्री केन्द्रका लागि ३ हजार, पुलु डिपोको लागि १ हजार ७ सय ५०, श्रीकोट डिपोमा १ हजार र रातापानी बिक्री केन्द्रका लागि ७ सय ५० क्विन्टल खाद्यन्न ढुवानीका गर्न ठेक्का खोलिएपनि स्वीकृत भएको छैन ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कृषकको लगानी माथि आक्रमण, ढुक्क भएर काम गर्ने वातावरण मिलाउन माग
जिल्लामा कृषकको लगानी माथि एक पछि अर्को आक्रमण हुन थाले पछि कृषकहरूले ढुक्क भएर काम गर्ने वातावरण मिलाइदिन प्रहरी प्रशासनसँग माग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ६ गते)
माघ ६ गते ३ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
कोभिड–१९ः यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका ७ सय बढी
यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका सङ्क्रमितको सङ्ख्या ७ सय ले बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो साता २ हजार १ सय ९९ सङ्क्रमित थपिएका…
यौन दुर्व्यवहार घटनाका फरार कसुरदार गिरफ्तार
यौन दुर्व्यवहार घटनाका फरार कसुरदार बुढीनन्दा नगरपालिका–५ का ३० वर्षीय दीपक शाहीलाई माघ ४ गते जिल्ला प्रहरी कार्यालय, बाजुराले चार वर्षपछि गिरफ्तार गरेको छ । यौन दुर्व्यवहार गरेको कसुरमा ०७४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१३ बेलबासका २२ वर्षीय आषिश पोखरेललाई माघ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आारोपितले पुस २९ गते मादक पदार्थ सेवन…