क्षमता भन्दा तेब्बर बढी कैदी र बन्दीका कारण उपचारमा समस्या
जिल्ला कारागारमा कैदीबन्दीको चाँपका बढेसँगै बिरामीको संख्यामा बृद्धि भएको कारागार प्रशासनले जनाएको छ । जसका कारण बिरामी कैदी र बन्दीको समयमा उपचार गर्नमा समस्या भएको कारागारले जनाएको छ ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीका कारण ज्वरो, झाडापखाला, रूघाखोकी, हाईड्रोशिल, थाईराईड, छाला सम्वन्धी सरूवा रोगका कारण समस्या देखिएको छ ।
५० जनाको क्षमता रहेको कारागारमा अहिले कैदी र बन्दी गरी २ सय ८ जना छन् । जेलर कुमारबहादुर खड्काका अनुसार कैदीबन्दीकै चाँपकाकारण दैनिक ६-७ जना बिरामी देखा पर्ने गरेका छन् । उनीहरूलाई अवस्था हेरी जिल्ला अस्पताल, धरानस्थित बिपि कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठान घोपा र विराटनगर पठाईने गरिएको छ ।
कोठा अभावका कारण कोचिएर कोठा, भान्सा घर, बरण्डामा सुत्नु पर्ने बाध्यताका कारण कैदीबन्दी बिरामी हुने गरेको चौकीदार देबेन्द्र अधिकारीले बताउनुभयो । उहाँले सुताई र बसाईको व्यवस्थापनमा सहज नभएकै कारण कैदबन्दी बढी बिरामी हुने गरेको बताउनुभयो ।
अझ बिरामी कैदीबन्दीलाई राख्ने अलग भवन नहुँदा निरोगी पनि बिरामी हुने गरेको जेलर खड्काको भनाई छ । नयाँ भवन नबन्दा कैदीबन्दी २०३७ सालमा निर्मित चुहुने र पर्खाल भत्किएको जीर्ण भवनमा बस्न बाध्य छन् ।
हाल कारागारमा १ सय ३४ कैैदी र ६७ थुनुवा छन् । जसमा महिला १४ जना छन् । यसवाहेक ६ जना आश्रित बालिका र एक आश्रित बालक पनि छन् ।
कारागार भित्र जेष्ठ नागरिक ६५ वर्षमाथिका एक महिला र चार पुरुष छन् । उनीहरूलाई बस्न अझ समस्या हुने गरेको चौकीदार अधिकारीले बताउनुभयो ।
कैदी र बन्दीको उपचारका लागि स्वास्थ्यकर्मीको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा बिरामी कैदी र बन्दीलाई समस्या भएको कारागार प्रशासनको भनाइ छ ।
भरत खड्का
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…