क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण ग्यालरी र बाहिर त्रिपालमा सुत्न बाध्य

  ०७५ पुस १४ गते

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरू ग्यालरी र बाहिर त्रिपालमा सुत्न बाध्य भएका छन् ।

७५ जना पुरूष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको जिल्ला कारागारमा २ सय ५८ जना कैदी र २४ जना थुनुवा गरी जम्मा २ सय ८२ जना कैदीबन्दी रहेका छन् । जसमा १६ जना महिला कैदी रहेका छन् ।

जाडो मौसममा कैदीबन्दीहरू ग्यालरी र त्रिपालमा सुतेका कारण रूघाखोकी, निमोनिया जस्ता रोगबाट पीडित भइरहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण कारागारमा खानेपानी, औषधि, शौचालयलगायतको समस्या भएको कारागारका जेलर श्यामराज भट्टले बताए ।

२०२३ सालमा बनेको यो कारागारमा दुई ओटा भवन रहेका छन् जसमध्ये एउटा भवन पुरानो र जीर्ण अवस्थामा रहेको छ ।


कोमलनिरञ्जन भाट