क्वारेण्टाइनमा मृत्यु भएका व्यक्तिमा  कोरोना भाइरस सङ्क्रमण पुष्टी

  ०७७ जेठ ४ गते 

नरैनापुर गाउँपालिकास्थित क्वारेण्टाइनमा जेठ ४  मृत्यु भएका २५ वर्षीय युवकको  कोरोना परीक्षणको रिपोट पोजेटिभ आएको छ ।

जेठ ३ गते लिइएको स्वाबको  भेरी अस्पताल, नेपालगञ्जमा  परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

भारतको मुम्बईबाट घर फर्किएका उनलाई वैशाख ३० गते गाउँपालिकाको क्वारेण्टाइनमा राखिएको थियो ।  नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहिन खाँले मृतकमा वाकवाकी लाग्ने लक्षण देखिएको बताउनु भयो ।

यस अघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।  २ सय ९२ जनामा कोरोना देखिएकोमा ३६ जना निको भइ घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज