क्वारेण्टाइनमा दलितले पकाएको खाना बहिस्कार गरी जातीय विभेद गरेको आरोप
मालारानी गाउँपालिका–४ स्थित समाज कल्याण प्राविको क्वारेण्टाइनमा रहेका २० वर्षीय दिनेश घिमिरेले जेठ २० गते दलितले पकाएको खाना बहिस्कार गरी जातीय विभेद गरेको दलित युवाहरूले आरोप लगाएका छन् ।
आरोपित घिमिरे जेठ २० गते भारतबाट आएर क्वारेण्टाइनमा बसेका थिए । घिमिरेले आफु भारतमा संस्कृत अध्ययन गर्ने र पुजापाठ गर्ने गरेको बताउदै दलितले पकाएको खाना खाए बिरामी हुने भन्दै क्वारेण्टाइनको खाना बहिस्कार गरेर घरबाट खाना मगाएर खाएको स्थानीइ लिलबहादुर विकले बताउनु भयो ।
स्थानीय युवाहरूले उक्त क्वारेण्टाइनमा रहेका आठ जना व्यक्तिलाई प्रतिव्यक्ति १ सय ६० रुपियाँको दरले ६ दिन देखि खाना खुवाउदै आएका थिए ।
क्वारेण्टाइनमा भान्सेको काम गर्दै आउनु भएका कृष्ण विकले जेठ २० गते साँझ क्वारेण्टाइनमा आएका दिनेश घिमिरेले मैले खाना पकाएको देखेपछि दलितले पकाएको खाना खाए पागल हुने, बिरामी हुने भन्दै स्थानीय पुरुषोत्तम भुसाललाई घरबाट खाना मगाएर खाएको बताउनु भयो ।
खाना नखाएपछि समाज कल्याणको क्वारेण्टाइनबाट सोही वडाको कालिका माविको क्वारेण्टाइनमा राखिएको छ । उक्त क्वारेण्टाइनमा उनी एक्लै रहेका छन् ।
कृष्ण बिकले जातीय विभेद गर्ने घिमिरेलाई कानुनी कारवाही हुनु पर्ने माग गरेपनि यस विषयमा कही उजुरी दिएका छैनन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाका अनुसार घटनाका बारेमा जानकारी आएपनि उजुरी नपरेको बताउनु भयो । मालारानी गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु घर्तीले घटनाबारे जानकारी आएकोले बुझ्ने काम भइरहेको बताउनु भयो ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले…
उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा…
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…