तरकारी नष्ट गरिएको घटना सम्बन्धमा इन्सेकले तयार पारेको अध्ययन प्रतिवेदन कृषि मन्त्रीलाई बुझाइयो

  ०७७ जेठ २२ गते

अर्घाखाँची जिल्ला  सन्धिखर्क नपा१ हल लाइन पुष्पा तरकारी तथा फलफूल स्टोरका थोक तरकारी व्यवसायि किशोर बानियाँले खरिद गरी ल्याएको तरकारीबाट कोरोना सर्ने भन्दै तरकारी नष्ट गरिएको घटनाका सम्बन्धमा  इन्सेकले तयार पारेको अध्ययन  प्रतिवेदन जेठ २२ गते प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई बुझाइएको छ ।

०७७ जेठ १६ गते कपिलवस्तुबाट ल्याएको तरकारीमा कोरोना सङ्क्रमण हुन सक्ने भन्दै प्रहरीको निगरानीमै जेठ १८ गते तरकारी नष्ट गरिएको घटनाका इन्सेकले तयार गरेको अध्ययन  प्रतिवेदन  इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले  मन्त्री पौडेललाई बुझाउनु भएको हो ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले घटनाको विषयमा सङ्घीय कृषि सहकारी प्राकृतिक श्रोत समितिका सभापति पूर्णा सुवेदीको ध्यान आकर्षण भैसकेको र सङ्घीय सरकारको क्षेत्राधिकार भित्रको विषय भएकोले यस विषयमा आफुले झक झकाउने काम गरेको बताउनु भयो । उहाँले कृषकहरूलाई प्रोहत्साहन गर्नुपर्नेमा यस्तो कार्य गरेको प्रति प्रदेश सरकारको ध्यान आर्कषण भएको बताउनु भयो ।

तरकारी नष्ट गरिएको सन्दर्भमा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्णा सुवेदीले गृहमन्त्री, उद्योग तथा बाणिज्य मन्त्री र कृषिमन्त्रीसँग बैठक बसेर तरकारी नष्ट गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउने विषयमा ध्यान आर्कषण भएको बताउनु भयो ।

राज्यकै सङ्लग्नतामा किसान तथा तरकारी व्यवसायीलाई निरुत्साहित गर्ने र नागिरकले पेसा व्यवसाय सञ्चालन गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित हुने गरी यस्ता कार्य गर्नु निन्दनीय भएको अध्ययनको निष्कर्ष रहेको छ ।

प्रतिवेदनमा अहिलेसम्म तरकारीमा कोरोना सङ्क्रमण भएको कुनै प्रमाण छैन ।  त्यसको परीक्षण नै नगरी विज्ञहरूले तरकारी वा फलफूलबाट कोरोना सङ्क्रमण हुने सम्भावना हुँदैन भनिरहेको अवस्थामा यस्तो कार्यले सम्बन्धित अधिकारीको नियतमाथि नै प्रश्न उठ्नु स्वभाविक हो । राज्यका सम्बन्धित निकायले पीडितलाई न्याय र घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई कानुनी कारवाही गर्नुपर्छ । जसले गर्दा   लोकतन्त्र, मानव अधिकार र कानुनी शासनको अनुभूति हुनेछ  भनिएको छ ।

2020060401rupandehi

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार ०७७ जेठ १८ गते सरकारी पक्षबाट व्यवसायि किशोर बानियाँको तरकारी नष्ट गरिएको घटनाका विषयमा इन्सेकले गरेको अध्ययन प्रतिवेदन जेठ २२ गते  अर्घाखाँची जिल्लाका  प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई बुझाइएको छ ।

अध्ययन प्रतिवेदनलाई जिल्लास्थित नागरिक समाजका प्रतिनिधि, पत्रकार र विभन्न गैर सकारी सङ्घ संस्थाका प्रतिनिधिहरूले ऐक्यवक्ता जननएका छन । प्रकाश सचेतन समूहका प्रेमनारायण गैरै, नेपाल पत्रकार महाङ्घका अध्यक्ष हिमबहाुदर जिसी लेकाली, मानवअधिकार एलाइन्सका जिल्ला अध्यक्ष शुसिला गैरे, सुशासन प्रर्वद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालका अध्यक्ष फर्सुराम पाण्डे, मानवअधिकर तथा शान्ति समाजका अध्यक्ष अशोक पौडेल, एकिकृत ग्रामिण विकास समाजका बशन्त श्रेष्ठले प्रतिवेनमाथि एक्यवद्धता जनाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले सुचना सम्प्रेषणमा कमी कमजोरी भएका कारण घटना घटेको बताउनु भयो । तरकारी फिर्ता गर्ने कुरा भएको थियो । मैले फिर्ता भयो होला भन्ने सोचेको थिए तर तरकारी नष्ट भए छ नष्ट गर्दा मलाई जनाकारी भएन । उहाँले भन्नु भयो । मैले बुझेको र प्रतिवेदनमा आएका विषयहरू धेरै मिल्दोजुल्दो भएको उहाँले बताउनु भयो ।

2020060402arghakanchi

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्बती आचार्यका अनुसार  बुद्धभूमि नपा१० का किसानहरूले उत्पादन गरेको तरकारी अर्घाखाँचीको सन्धिखर्कमा राज्यको सङ्लग्नतामा तरकारी नष्ट गरिएको घटनाका सम्बन्धमा इन्सेकले तयार पारेको अध्ययन प्रतिवेदन सहायक प्रमुख जिल्ला अधिकारी गणेश बिकलाई बुझाइएको छ । साथै  इन्सेक जिल्ला सहजकर्ता नन्दराम पौडेल, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य माहुरीहोमका अध्यक्ष रविन्द्रनाथ ठाकुर मानवअधिकार निगरानी समुह सदस्य पशुपतिमणी त्रिपाठी , सदस्य कस्तुरा सिक्देल र्,  ,नेपालपत्रकार महासघका जिल्ला सदस्य सरस्वती आचार्य सहितको टोलीले उक्त घटनाले ध्यान आकृष्ट भएको भन्दै सहायक प्रमुख जिल्ला   अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन ।

कपिलवस्तुबाट चामल आलु ,तेल नुन लगायतका खाद्यान्न लैजाँदा  कोरोना नलाग्ने तर किसानले  उत्पादन गरेको तरकारीमा कोरोना लाग्ने भनेर नष्ट गरिनु गलत र खेदजनक कार्य भएको ज्ञापन पत्रमा उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उक्त घटना दुखद भएकाले राहत र क्षतिपुर्तिका लागी आफुले प्रयास गर्ने बताउनु भयो ।  यसैगरि बुद्धभुमि नपा कृषि शाखाका प्रमुख देविराम  बेलवासेलाई समेत इन्सेकले तयार पारेको प्रतिबेदन सहित क्षतिपुर्तिका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाइएको छ ।

2020060402kapilvastu

 


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज