कोरोना सङ्क्रमित बिरामीको उपचारमा ढिलाइ नगर्न अपिल

  ०७७ जेठ ६ गते

कोरोना सङ्क्रमित व्यक्तिहरूको उपचारमा ढिलाइ नगर्न र सङ्क्रमण रोकथाममा सम्वेदनशील हुन नागरिक अगुवाहरूले  जेठ ६ गते संघीय र प्रदेश ५ सरकारलाई  अपिल गरेका छन्   ।
बाँके लगायत प्रदेश ५ मा सबै भन्दा बढी कोरोना सङ्क्रमित हुनुको साथै एक जनाको मृत्यु समेत भइसकेको अवस्था र सङ्क्रमणको जोखिम उच्च रहेकोले उपचारमा ढिलाई नगर्न र रोकथामका लागि प्रभावकारी कदम चाल्न अपिल गरिएको हो ।
अपिलमा बाँकेको नरैनापुरमा जेठ ५ गते पुष्टी भएका कोरोना सङ्क्रमित भएका व्उक्तिहरूलाई १८ घण्टा सम्मपनि आइसोलेशनमा राख्न नसकेको अवस्थाप्रति सम्वेदनशील रहदै बिरामीहरूको उपचारमा कुनै पनि प्रकारका ढिलाइ क्षम्य हुन नसक्ने भनिएको छ । साथै तदारुकताका साथ योजना निर्माण र कार्यान्वयनका लागि संघीय र प्रदेश ५ सरकारलाई अपिल गरेका छन् ।
विपत्तीको यस घडिमा कोरोना इपिसेन्टर नरैनापुर लगायत सम्पुर्ण जिल्लावासीलाई सुरक्षित रहन र समाजिक दुरी कायम गर्दै लकडाउननको पूर्ण पालना गर्न आग्रह गर्दछौ भनिएको छ । साथै यो अप्ठेरो बेलामा नरैनापुर लगायत जिल्लाका प्रभावित जनताको साथमा रहेको विश्वास दिलाउन चाहन्छौ भनिएको छ ।
यसैगरी डुडुवा गाँउपालिकाको क्वारेण्टाइनमा रहेका व्यक्तिहरूको एक हप्ता बितिसक्दा समेत स्वाब सङ्कलन र परीक्षण नभएको घटना प्रति ध्यानाकर्षण भएको जनाउदै तत्काल परीक्षणको दायरामा ल्याउन सरोकारकाला पक्षलाई आग्रह गरेको छ ।

जुनसुकै परिस्थितीमा नागरिकहरूको स्वास्थ्य समस्याप्रति सरकार संवेदनशिल रहनुपर्ने मान्यतामा अडिग रहदैं नरैनापुर, डुडुवा लगायत बाँकेमा रहेका सबै क्वारेण्टाइनहरूमा गर्मी तथा लु लाग्ने मौसलाइ ख्याल गर्दै स्वस्थ खानपान सहित उचित व्यवस्थापनका लागि तिनै तहका सरकारहरूलाई आग्रह गरेका छन् ।
कोरोना महामारी विरूद्धको लडाइ सरकारी सङ्यन्त्र र प्राविधिकहरूको मात्र उत्तरदायित्व होइन भन्ने मान्यतामा विश्वास गर्दै प्रभावित नागरिकहरूको मानवीय सेवामा समर्पित हुन समुदायका सबैलाई परिचालन गर्ने अभियान सञ्चालन गर्न ढिलो गर्न हुदैन भनिएको छ ।

नागरिक समाजका मिनबहादुर मल्ल, किरण ढकाल , सुनिल श्रेष्ठ, नेपाल बार एसोसिएसन, उच्च अदालत नेपालगञ्जका अध्यक्ष विकास आचार्य, ठाकुरसिंह थारु, अध्यक्ष पत्रकार महासंघ बाँके , नमस्कार शाह,गैसस महासंघ, भोला महत, संयोजक इन्सेक, अधिवक्ता पदम पाण्डे, प्रल्हाद काकी, अधिकारर्मी प्रकाश उपाध्याय, कमला पन्त केशव कोइराला प्रभात सिंह ठकुरी, बसन्त गौतम, मैमुना सिद्दीकी, रविन्द्र कणर्, विनय दिक्षीत, सकिल खाँ, डुडुवा , अधिकारकर्मी  सपना भट्ठराई, सुरेश गौतम लगायतले  नागरिक अभियानकालागि जिल्ला समन्वय र नागरिक परिचालनका लागि सबै राजनीतिक दलले  नागरिक समाजको प्रतिनिधित्व संयुक्त अभियान अविलम्ब सुरू गर्न जिल्ला समन्वय समितिलाई नेतृत्वदायी भूमिका निर्वाहकालागि अनुरोध गरेको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज