कोरोना लागेको आरोपमा गाउँमा बसे ज्यानमार्ने धम्की

  ०७७ जेठ ६ गते

कोल्हवी नगरपालिका–१ निवासी १८ वर्षीय अभय दुबेलाई कोरोना नेगेटिभ भएपनि गाउँमा नबस्न भनि जेठ ६ गते बिहान ८ः०० बजेको समयममा सोही वडाका ३२ वर्षीय रामनाथ चौधरीले घाँटी समातेर लछार पछार गरी गाँउमा बसेमा आफू सहित घर परिवारका सबै जनाको ज्यानमार्ने धम्की दिएको दुबेले बताउनु भएको छ ।

सुरेन्द्र महतोको छोरा २२ वर्षीय अरुण महतो, बिन्देश्वर पजियारको छोरा २५ वर्षीय अजय पजियार, रामा चौधरीको छोरा २२ वर्षीय लक्कि चौधरी, राजेन्द्र चौधरीको छोरा ३७ वर्षीय उपे चौधरी र २७ वर्षीय जोगिन्द्र चौधरीले गाँउबाहिर बस्नु, गाँउ र घरमा बसेको देखेमा घरपरिवारका सदस्यलाई मार्ने धम्की दिएको दुबेले बताउनु भयो ।

रामनाथ चौधरीले पत्रकारलाई कोरोना लागेकाले कलैयाको एफएममा काम गरेकाले कोरोना परीक्षणको प्रमाण पत्र माग गरेअनुसार प्रमाण पत्र लिएको र प्रमाण पत्र हेरेर यो सक्कली हो वा नक्कली कसरी विश्वास गर्ने ? यसलाई हामी मान्दैनौ भनि रामनाथले फेरी गालीगलौज गरी हाम्रो गाउँमा तिमी नबस् र बसेमा हामी सबै परिवारलाई आक्रमण गरी ज्यान मार्ने भनेपछि त्रसित भएर इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेलललाई घटना स्थलबाट फोन गरी घटनाका विषयमा जानकारी गराएको दुबेले बताउनु भयो । कोरोना लागेको छैन, कोरोना परीक्षण भएको छ, छिमेकीले ज्यामार्ने धम्की दिएकाले यो लकडाउनका समयमा कहाँ जाने ? भन्दै इन्सेकले सरोकारवालाको ध्यान आकर्षण गरी घरमा बस्ने वातावरण मिलाइदिन दुबेले आग्रह गर्नु भयो ।

ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बालिस्टर सिंहसँग घटनाका विषयमा इन्सेक जिल्ला प्रतिनिधि पौडेलले जानकारी गराएकाले कार्यालयबाट नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेर १ सय ३० परिवारका प्रतिनिधिहरू बसेर छलफल गरेको पीडित परिवारका दुबेले बताउनु भएको छ । लकडाउनको पालना गर्नका लागि इन्सेक प्रतिनिधि पौडेल कलैयाबाट ईलाका प्रहरी कार्यालय र गाउँका स्थानीयसँग सहकार्य गरेर तत्कालका लागि मिलेर बस्ने वातावरण मिलाएको पीडित परिवारले बताउनु भएको छ । प्रहरी टोली घटना स्थलमा पुगेर सबै विषय जानकारी गराएकाले गाँउमा मिलेर बस्ने सहमति गराएर प्रहरीले सम्बन्धित पक्षहरूलाई कार्यालयमा बोलाएको इन्स्पेक्टर सिंहले बताउनु भयो । यस्ता घटाना भएमा कानुन अनुसार कारवाही गर्ने इन्स्पेक्टर वालिस्टर सिंहले बताउनु भयो । उहाँले कोरोना लागे वा नलागेको र प्रमाण पत्र चेकजाँच सम्बन्धित निकायले गर्ने भएकाले यसरी हस्तक्षेप गर्न नमिल्ने बताउनु भयो ।

नेपाल प्रहरी, पीडित परिवार, स्थानीय नागरिक, वडा अध्यक्ष बिरेन्द्र चौधरी र सञ्चारकर्मीको सहकार्यमा पीडित परिवारलाई इन्सेकको पहलमा सामाजिक सद्भाव राख्ने कार्य भएको इन्सेकका प्रतिनिधि पौडेलले बताउनु भएको छ ।


भोलानाथ पौडेल