कोरोना भाइरस नियन्त्रण गर्न पर्सामा निषेधाज्ञा जारी

  ०७७ वैशाख ३१ गते

पत्रकार सहित ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले जिल्लामा निषेधज्ञा जारी गरेको छ ।

वीरगंजमा वैशाख ३० गते राती ८ बजेदेखि नै लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो । वीरगञ्जमा वैशाख ३० गते ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले निषेधाज्ञा कार्यान्वयनका लागि सेना समेत परिचालन गर्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुबीचको छलफलपछि निषेधाज्ञा जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो ।

वैशाख ३० गते ८ बजेबाट सुरु भएर जेठ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा रहने, प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनु भयो । अत्यावश्यक बाहेक सवारी साधन चल्न नपाउने र पर्साबासीलाई घरबाट बाहिर ननिस्कन समेत उहाँले आग्रह गर्नु भएको छ ।


केसी लामिछाने