कोरोना भाइरस सम्बन्धमा गण्डकी प्रदेशको अवस्था विश्लेषण

  ०७६ चैत २१ गते

गण्डकी प्रदेशमा आजको अवस्था सामान्य रहेको छ । चैत २१ गते कोरोना भाइरस सन्दर्भमा जिल्ला प्रतिनिधिहरुबाट केही जानकारीहरू प्राप्त भएका छन् ।

लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर माजकोटीले आज जिल्लाबाट परीक्षणको लागि कुनै पनि व्यक्तिलाई रिफर नगरिएको बताउनुभएको छ ।

मर्स्याङ्दी गाउँपालिकाका ७० जना मजदुर, विपन्न तथा दलित परिवारलाई राहत वितरण र उदार गरिएको छ ।

राइनास नगरपालिकाको प्रमुख सिंहबहादुर थापाको नेतृत्वमा नगरपालिकामा क्वारेन्टाइनमा बस्ने मानिसहरुको अवस्था बारे अनुगमन गरेका छन् ।

सुन्दरबजार नगरपालिकाकामा विदेशबाट आएका ४५ जना होम क्वारेन्टाइनमा वडाध्यक्ष र स्थानीय प्रतिनिधिहरुको प्रत्यक्ष निगारानीमा ससुरक्षित रुपमा बसेका छन् ।

बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तले हालसम्म जिल्लामा १२ व्यक्तिको १३ पटक स्वाब परीक्षण गरिएको छ । जस मध्ये १० जनाको नेगेटिभ र दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ । चैत १५ गते संक्रमण पुष्टी भएकी युवतीको पुन परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।चैत २१ गते कोरोना संक्रमण पुष्टी भएकी वृद्धका परिवारका सदस्यहरुको स्वाब लिने तयारी हदैछ ।

नेपाल रेडक्रस सोसाइटी बागलुङको एम्बुलेन्सलाई पार्टेशन गरेर कोरोना संक्रमित बोक्ने निर्णय गरिएको भएपनि बिरामी बोक्नुपर्ने समय आएपछि सवारी चालकले सुरक्षाको ग्यारेन्टी नभएको भन्दै आनाकानी गरेका थिए ।

एम्बुलेन्सका चालक अस्पतालमै एम्बुलेन्सको चापी छोडेर फरार भएपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङका सवारी चालक रुद्र पराजुलीले रातको १० बजे रेडक्रसकै एम्बुलेन्समा बिरामीलाई धौलागिरी अञ्चल अस्पताल ल्याएर उपचार थालिएको थियो ।

बागलुङ जिल्लाका ७ जना एम्बुलेन्स चालक र १ जना स्वास्थ्य कार्यालय बागलुङका सवारी चालक गरि ८ जनालाई अभिमुखिकरण गर्दै एक एक थान पीपीई सेट हस्तान्तरण गरिएको छ ।

गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार आज कुनै पनि नयाँ  बिरामीलाई रिफर वा स्वाब परीक्षण गर्न पठाइएको छैन ।

तिब्बत  सिमा क्षेत्रमा रहेको चुमनुव्री गाउँपालिका ७ छेकम्पारमा पनि क्वारेन्टाइन स्थल तोकिएको छ । जोङ स्थित छेकम आधारभुत विद्यालयका दुई कोठाका दुई बेड क्वारेन्टाइनका रुपमा प्रयोग गरिने छ ।

गोरखा सदरमुकामको वल्र्ड क्यापिटल माध्यमिक विद्यालयमा १५ बेडको आइसोलेसन कक्ष तयार भएको छ ।त्यस्तै गोरखाको सिरानचोक गाउँपालिकाले प्रत्येक वडामा एक दिन बिराएर ह्याण्ड माइकको सहायताले कोरोना बारे सचेतना दिएको छ ।

गाउँपालिका भरिका प्रहरी चौकीलाई सिम सहितको मोबाइल र ह्याण्ड माइक पनि उपलब्ध गराइएकोे छ । इलाका प्रहरी कार्यालय जौवारी र हर्मी, प्रहरी चौकी नयाँसाघु र चोरकाटे तथा अस्थायी प्रहरी पोष्ट धारापानीमा सेट सहितको मोबाइल उपलब्ध गराइएको छ ।

सबै चौकीका स्थायी नम्बर नरहेको र विपदको बेला सिधा सम्पर्कका लागि मोबाइल उपलब्ध गराइएको हो । गाउँपालिका भरिका स्वास्थ्य संस्थामा पिपिइ पनि गाउँपालिकाले उपलब्ध गराएको छ । बिरामी बोक्न प्रयोग हुदै आएको बोलेरो र जौवारी प्राथमिक स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालकलाई पिपिइ  वितरण गरिएको छ ।

कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरे का अनुसार जिल्लामा आज लकडाउनको पूर्ण रुपमा कार्यन्वयन भएको छ । आजसम्म हेल्लो डाक्टर १०९२ मा आजसम्म ३ सय ८७ जनाले फोन गरेर परामर्श सेवा लिएका छन् ।

आज १ जनाको स्वाब परीक्षणका लागि नमुना लिइएको छ । पोखरामा हिजो नमुना परीक्षण गरिएका चारै जनाको रिजल्ट नेगेटिभ आएकोे छ ।

स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले कास्कीमा आजसम्म २७ स्वाब परीक्षण गरिएको जानकारी दिनुभएको छ ।

जसमा  २१ जनाको नेगेटिभ र ६ जनाको नतिजा आउन बाँकी रहेको छ । स्थानीय तहले आफ्ना नाकामा हेल्थ डेक्स स्थापना गरि प्रवेशलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएका छन् ।

यस्तै बाग्लुङ जिल्ला तारा खोला गाउँपालिकाका ६ वर्षीय बालक होमनाथ कडेंललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार नगराएपछि अस्पताल परिसरमा बिरामी बालकसंगै हजुरबुवा चित्र कडेंल र बाबु अलपत्र परेका थिए । निमोनिया र ज्वँरोका बिरामी बालकलाई चैत्र २० गते साँझ पोखरा स्थित मणिपाल शिक्षण अस्पतालममा उपचारका लागि पुर्याइएको थियो । सो अस्पतालले बिरामी बालकलाई राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान रिफर गरेपछि करिब १० राति प्रतिष्ठानको अस्पताल पुगेका उनीहरुलाई भर्ना गर्न मानेन । अस्पतालमै प्रवेश गर्न रोक लगाइयो । बिरामी बालकलाई अस्पताल परिसर भित्रको चौतारोको आडमा दुई ओटा कुर्सी जोडेर बनाइएको बिस्तारामा एउटा ब्याङ्केटमा लुटपुट्यार राखिएका उनको चैत २१ गते अपराहन मात्रै भर्ना गरि उपचार सुरु गरिएको छ ।

पोखरा महानगरपालिका—२५, हेमजामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीको कुटपिटबाट चैत्र २० गते एक जना घाइते भएका थिए ।

बारीमा मकै लगाउनका लागि हेमजाको मिलनचोक स्थित अस्थाई प्रहरी पोष्टसँग ट्याक्टरको अनुमति लिन पुगेका हेमजा कुंवर थरका बीरबहादुर कुँवर प्रहरीले कुटपिट गरि घाइते बनाएको हो ।

नाक, हात, मुखमा चोट लागेका उनी लियाँ मेडिकल हलमा उपचारपछि घर फर्किएका थिए । कास्कीका डिएसपी राज कुमार केसीसंग जानकारी लिदां उक्त घटना बारे तत्कालै कुनै प्रतिक्रिया दिन नसक्ने बताउनुभएको थियो ।

पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापा को अनुसार जिल्लाको अन्य अवस्था हिजो जस्तै रहेको छ । आज कुनै पनि नयाँ स्याम्पल संकलन वा कोहि बिरामीलाई रिफर गरिएको छैन ।  राहत वितरण कार्य प्रभावकारी बनाउन कुश्मा नगरपालिकामा खाद्य सामाग्री बैक स्थापना भएको छ । जसमा लायन्स क्लब पर्वत अन्तर्गतका पाँच वटा क्लबहरूले शुक्रबार मात्रै ११० बोरा चामल बैकलाई हस्तान्तरण गरेका छन् । जिल्लामा अन्य पालिकाहरूले राहत कोष बनाउने क्रम जारी छ ।

म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेले आज दई जनाको स्वाब परीक्षणको लागि पठाइएको र दुवैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभएको छ ।

उहाँका अनुसार लकडाउनपछि जिल्ला भित्र रहेका विभिन्न १० वटा आयोजनामा कार्यरत एक हजार सात सय ८४ जना मजदुरहरु म्याग्दीमै रोकिएका छन् ।१० आयोजनामा कार्यरत दुई हजार चार सय ९२ मजदुर रहेकोमा ७ सय ८ जनाको बस मार्फत उद्धार भएको थियो ।

अहिले म्याग्दीमा सञ्चालनमा रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनामा काम गर्ने तीन सय ५० मध्ये दुई सय ३० घर फर्केका छन् भने बाँकी एक सय २० जना मजदुरहरु करिडोर आयोजनाले नै सुरक्षित तबरले राखेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

त्यस्तै कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमा कार्यरत एक सय ६५ मध्ये एक सय जनासकेका छन् भने ६५ जना म्याग्दीमै रहेका छन् । उद्धार गरेर घर पठाउन नसकिएका मजदुरहरु सुरक्षित तबरले आफ्नै क्षेत्रमा रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

त्यस्तै निलगिरी हाइड्रोमा कार्यरत एक सय १३ मध्ये ३५ जना जिल्लामै रहेका छन् । राहुघाट जलविद्युत आयोजनाका २ सय मध्ये ७ जना म्याग्दीमै छन् ।

मिस्त्री खोला जलबिद्युत आयोजनाका चार सय, रघुगंगा हाइड्रोपावरका छ सय ९९, घारखोला हाइड्रोका दुई सय ४५ र पूर्वाधार विकास कार्यालय अन्तरगत धौलागिरी पुलमा कार्यरत २० जना पनि म्याग्दी मै ठेकेदार कम्पनिले नै सुरक्षित तबरले राखेको निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जि.सीले बताउनुभयो ।

त्यसैगरी बेनी–दरवा« सडक आयोजनामा काम गर्ने तीन सय जना र रत्नेचौर बेनी सडकमा काम गर्ने एक सय जना मजदुरहरुको उद्धार गरी घर पठाइएको निर्माण व्यवसायी संघका अध्यक्ष जि.सीले बताउनु भयो ।

त्यस्तै बेनी नगरपालिकाको ७ नम्बर वडामा बस्ने एक सय २५ जना दैनिक ज्याला मजदुरी गर्नेहरुको नामावली संकलन भएको छ । आज २५ जनालाई राज्यले तोके बमोजिमको प्रकृया पुरा गरेर राहत वितरण गरिएको छ । नगरपालिका क्षेत्रमा मजदुरी गर्नेको पहिचान र नामावली संकलनभै रहेको र राहत छिट्टै वितरण गरिने भनिएको छ ।

नवलपरासी बर्दाघाट (सुस्ता पुर्व) जिल्ला प्रतिनिधि तिर्थराज डम्रेका अनुसार आज कुनै पनि नयाँ स्याम्पल संकलन वा कोहि बिरामीलाई रिफर गरिएको छैन । हुप्सेकोट गाउँपलिकामा नियमित डायलाइसिस गरिने बिरामीलार्इ डायलाइसिस  गर्न गाउँपलिका अध्यक्षले आफ्नै खर्चमा उनीहरुलाई अस्पताल ल्याउने पर्याउने गरेको छन् ।  कावासोती नगरपालिकाले विपन्न परिवारहरुलाइ  खाद्यान्न वितरण गरेको छ। मध्यबिन्दु नगरपालिकाले नगरपालिका वरिपरि लामो समयबाट बस्दै गरेका भारतीय नागरिकहरुलाइ खाद्यान्न वितरण गरेको छ।

तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार आज कुनै पनि नयाँ स्याम्पल संकलन गरिएको छैन । तीन दिन लगाएर भारतबाट हिँडेर घर आएका एक जना पुरुषलाई देवघाटमा हिजोबाट क्वारेन्टाइनमा राखिएको छ । यो संगै तनहुँमा क्वारेन्टाइनमा बस्नेको संख्या तीन पुगेको छ । अरु सवै होम क्वारेन्टाइनमा रहेका छन ।


गण्डकी प्रदेश कार्यालय