कोरोना भाइरस विरुद्ध तीनै तहका सरकार तयारी अवस्थामा

  ०७६ चैत १३ गते

विश्वभरि फैलिएको करोना भाइरस नियन्त्रणको लागि स्थानीय, प्रदेश तथा सङघीय सरकारले उच्च सतर्कता अपनाएको छ ।

रसुवाबाट इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार प्रकोपलाई मध्येजनर गरी रसुवमामा जिल्ला तथा गाउँपालिका तहमा क्वारेन्टाइन स्थापना भएका छन् । सरकारले लागु गरेको देशव्यापि लकडाउनको पालना भएका खतिवडाले बताउनु भयो । सङ्क्रमण रोग ऐन २०२० को दफा दफा २ (२) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम  रसुवा जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा २५ सैया, जिवजिवे ग्रामीण अस्पतालमा २० सैयाको आइसोलेसन कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी रसुवागढीमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५ , डाडागाउँमा १५ ओटा क्वारेन्टाइन स्थापना गर्ने निर्णय भएको छ ।  कालिका हिमालय क्याम्पसमा ५० ओटा क्वारेन्टाइन स्थापना गरिएको छ ।

गाउँगाउँमा कोरोना भाइरस (कोभिड १९ ) बाट बच्न सुरक्षाकर्मीबाट माइकिङ गरिएको छ । शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारका व्यवस्थापनका लागि नौकुण्ड गाउँपालिकाले २ जना स्वास्थ्यकर्मी सहित ५ ओटा हेल्पडेक्स सत्तचालन गरेको छ । नौकुण्ड गाउँपालिकाले पाच्याङमा १५ सैयाको क्वारेन्टाईन तयार भएको छ ।

गाउँगाउँमा प्रहरीले कोभिड १९ बाट बच्न जनचेतनाका लागि अभियानकै रुपमा माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक ईन्द्र सुवेदीले बताउनु भयो । धुन्चेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० सैया गरी जिल्लाभर २१० सैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । अहिलेसम्म जिल्लामा संक्रमित भेटिएको छैन ।

सिन्धुपाल्चोकबाट इन्सेक प्रतिनिधि नातिबावु धितालका अनुसार सिन्धुपाल्चोक जिल्ला पनि कोरोना भाइरसको सङ्क्रमण हुन नदिन पूर्ण रुपले सतर्कताको अपनाइएको छ । जिल्ला बिपत ब्यवस्थापन समितिको निर्णय अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्लाको मूख्य चार ठाउँमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ  । तीन ठाउँमा क्वाराइन्टाइन केन्द्र राख्ने तयारी भएको जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।

चौतारा अस्पतालमा ६ सैयाको, जिल्ला समन्वय समितीको हलमा चार सैयाको, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा तीन सैया र मेलम्ची प्राथमिक उपचार केन्द्रमा चार सैयाको आइसुलेसन केन्द्र राखिएको छ  ।  चौतारा सागाँचोकगढी नगरपालिका७ मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिका स्थित तौथली र मेलम्चीमा क्वाराइन्टाइन केन्द्र राख्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो । जिल्ला स्वास्थ्य प्रमुख चापागाइका अनुसार जिल्लाको कुनैपनि आइसोलेसन केन्द्रमा कोरोना भाइरस प्रभावित सम्पर्कमा आएका छैनन् ।

रामेछाप जिल्लाका इन्सेक प्रतिनिधि नवराज पथिकका अनुसार  जिल्लाको सबै स्थानीय तहमा हेल्थ डेक्सको स्थापना भएका छन् । यसैगरी पालिका स्तरमा क्वारेन्टाइनहरू स्थापना गरिएको गाउँपालिकाहरूले जनाएका छन् ।

जिल्ला सदरमुकाम मन्थलीको भैसेश्वर तथा रामेछाप नगरपालिकाले रामेछापमा स्वास्थ्य जाँच गर्ने हेल्थ डेक्स स्थापना गरेको जिल्ला अस्पताल रामेछापका मेडिकल अफिसर डाक्टर आनन्द आचार्यले बताउनु भयो ।

जिल्लाको उमाकुण्ड गाउँपालिकाले हेल्थ डेक्सहरू स्थापना गरि स्वास्थ्य जाँचमा कडाइ गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवाले बताउनु भयो । उमाकुण्डको बाम्तिमा २ बेडको क्वारेन्टाइन स्थल निर्माण गरिएको उहाँले बताउनु भयो । पालिकहरूमा प्रवेश गर्ने सबै नाकाहरू लुभु, सित्खा, गाल्पा, माढी मुहान लगायतमा स्वास्थ्य जाँचमा कडाई गर्ने गरिएको छ ।

कोभिड १९ को आशङ्का भएका बिरामीहरूको उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीहरूलाई आवश्यक सुरक्षा सामाग्रि नहुँदा उपचार प्रक्रियामा भने समस्या पर्ने चिकित्कसकहरूले बताएका छन् । जिल्लाम हालसम्म त्यस्ता बिरामीको उपचारमा सङ्लग्न स्वास्थ्यकर्मी लगाउने पुनःप्रयोग गर्न नमिल्ने दुई थान किड्स मात्र आएको डाक्टर आचार्यले बताउनु भयो । उपचार गर्दा लगाउने विशेष खालको माक्स जिल्लामा एउटा पनि नभएको उहाँको भनाई छ ।

तामाकोसी अस्पताल मन्थलीका निर्देशक डाक्टर सुमन कर्माचार्यले स्वास्थ्यकर्मीहरू बिरामीको उपचार गर्न तयार रहेका भए पनि सरकारले आवश्यक उपकरण र सामाग्री नपठाउँदा समस्या आउन सक्ने  बताउनु भयो ।

यस्तै धुलिखेल अस्पतालमा कोरोना भाईरस परीक्षणका लागि किट, प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) नभएको बताइएको छ । इन्सेक काभ्रे प्रतिनिधि हिरामान तामाङलेजनाए अनुसार सरकारले धुलिखेल अस्पतालमा कोरोना परीक्षण गराउने भनेपनि अस्पतालमा परीक्षणका लागि किट, चिकित्सकहरूको व्यक्तिगत सुरक्षाका लागि चाहिने पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट छैन । धुलिखेल अस्पतालमा किट नभएपछि उपचार गर्न समस्या भएको धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमन ताम्रकार श्रेष्ठले बताउनु भयो ।

काभ्रेमा उपकरण नहुदाँ अहिलेसम्म कसैको पनि स्वासथ्य परीक्षण भएको छैन । तर शंका लागेर आउने बिरामीहरूको नमुना सङ्लन गरेर टेकु अस्पतालमा पठाउने गरेको छ डाक्टर श्रेष्ठले बताउनु भयो  । करिब ३ सय ५० बेड क्षमताको धुलिखेल अस्पतालले आठ ओटा बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको छ ।

यस्तै इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार जिल्लाका अस्पतालहरूमा मास्क र ग्लोभ्स प्रयाप्त नभएपछि डाक्टरहरूले शंकास्पद बिरामीको उपचार गर्न नसकिने बताएका छन् । कोरोना संक्रमितको उपचारका लागि आइसोलोसन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शंकास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसारको सुरक्षाको व्यवस्था नभए अस्पतालले आइसोलेनस वार्ड तयार पारेपनि उपचारमा स्वास्थ्यकर्मी खटिन नसकिने डाक्टरहरूले बताएका छन् ।

मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पतालकी प्रसुति रोग विशेषज्ञ एवं चिकित्सक  डाक्टर रबिना प्रधानाले अस्पतालमा कारोना सङ्क्रमितको आशङ्काका बिरामी आएमा मेडिकल टिम नै भाग्नु पर्ने अबस्थाको सृजना हुन नहुने बताउनु भयो ।

यस्तै सिन्धुली जिल्लाबाट इन्सेक प्रतिनिधि बिमला पाण्डेले जनाए अनुसार सिन्धुली जिल्ला अस्पतालले दुई ओटा आपतकालिन सेवा सुरु गरेको छ । सिन्धुली अस्पतालले ज्वरो र शङ्कास्पद बिरामी बढ्न थालेपछि फिवर इमर्जेन्सी सेवा सुरु गरेको हो । अस्पतालमा नियमित सञ्चालनमा रहेको इमर्जेन्सी र फिवर इमर्जेन्सीबाट काम थालिएको छ । ज्वरोका बिरामीको चाप बढ्नुक साथै कोभिड १९ को सङ्क्रमण हुन सक्ने भएकाले अन्य आपतकालिन बिरामीको सुरक्षाका लागि इमर्जेन्सी सुरु गरिएको सिन्धुली अस्पतालका डाक्टर प्रसन्न राजभण्डारीले बताउनु भयो ,

यहाँ पनि आवश्यक प्राविधिक र औजारको अभाव भएको बताइएको छ । आपतकालिन अवस्थामा आवश्यक पिपीई सेटकै अभावका कारण समस्या हुने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर लक्ष्मण खड्काले बताउनु भयो ।

जिल्लामा ४९ बेडको क्वारेन्टाईन स्थापना गरिएको छ । नेपाली सेनाको वर्द बहादुर गण, कमलामाई नगरपालिका, नेपाल रेडक्रस सोसाईटी सिन्धुली र सिन्धुली अस्पतालको समन्वय र सहयोगमा क्वारेन्टाईन सुरु गरिएको हो । तर क्वारेन्टाईनलाई आवश्यक पर्ने सबै सामानहरू नभएकाले क्वारेन्टाईनमा बिरामी राखिएको छैन ।


इन्सेक बागमती प्रदेश