कोरोना भाइरस नियन्त्रणकालागि मुख्य मन्त्रीको अध्यक्षतामा  सङ्कट व्यवस्थापन केन्द्रको स्थापना

  ०७६ चैत २३ गते

विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाइरस नियन्त्रण  प्रभावकारी ढङ्ले छिटो छरितो, व्यवस्थित र समन्वयात्मक रुपमा अगाडि बढाउनकालागि मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा भदौ २२ गते सङ्कट व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

उक्त केन्द्रको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली, मध्यपश्चिम पृतना बुटवलका पृतनापति सिताराम खडका, बुटवल उपमनपाका मेयर शिबराज सुवेदी, आर्थिक मामिला योजना मन्त्रालयका सचिव मधु मरासिनी, आन्तरिक मामिला तथा कानुनमन्त्रालयका सचिव शङ्कर खरेल, सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनाल, नेपाल प्रहरी प्रदेश ५ का प्रमुख, सशस्त्र प्रहरी बल प्रदेश ५ का प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख रहनु भएको छ भने सदस्य सचिवमा मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव भरतमणि सुवेदीलाई तोकिएको छ ।

बैठकले नागरिकमा  कोरोना भाइरस सम्वन्धी त्रासका कारण रोग लुकाएर बस्दा थप संकट उत्पन्न हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सन्देश मूलक सूचनाहरू सामाजिक विकास मन्त्रालयले सम्प्रेषण गरी अनावश्यक त्रास न्यूनीकरण गर्ने । प्रमुख जिल्ला अधिकारीले जिल्लास्थित स्वास्थ्य कार्यालय प्रमुखहरुको समन्वय र सहयोगमा जिल्लामा रहेका एम्बुलेन्सका चालकहरुलाई सहजढङ्गले सेवा  प्रवाह गर्नका लागि मनोपरामर्श गर्ने, प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरसका कारण मृत्यु भएको अवस्थामा शव व्यवस्थापनकालागि जिल्लास्थित सुरक्षा निकायको नेतृत्वमा एक टिम बनाउने र टिममा रहने सदस्यहरुका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय भएका छन् ।

स्वास्थ्य उपकरण तथा औषधिहरू आपूर्तिकालागि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय मार्फत प्रदेशकालागि आवश्यक पर्न सक्ने स्वास्थ्य उपकरण,औषधि विवरण र योजना तयार गर्ने ।, प्रदेशबाट व्यवस्थापन हुन नसक्ने औषधि नेपाल सरकारसँग माग गरी पठाउने, माग बमोजिम नेपाल सरकारबाट उपलब्ध हुन नसक्ने औषधि खरिद गरी स्वास्थ्य उपकरण र औषधि आपूर्तिको सुनिश्चितता कायम गर्ने जस्ता कुराहरु रहेका छन् ।

यसैगरी जनशक्ति व्यवस्थापनकालागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय वा मन्त्रालय अन्तर्गतबाट निर्देशन भए बमोजिम गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारकालागि सामान्य र असमान्य अवस्थामा आवश्यक पर्न सक्ने बजेट व्यवस्थापन बारेमा तयारी गर्ने, कोरोना भाइरस नियन्त्रणकालागि  प्रदेशमा प्राप्त हुने आर्थिक सहयोग  कोरोना नियन्त्रण तथा उपचार कोष र स्वास्थ्य सम्बन्धी वस्तुगत सहयोग सामाजिक विकास मन्त्रालय मार्फत एकिकृत रुपमा सङ्कलन र व्यवस्थापन गर्ने ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको समन्वय र परामर्शमा प्रदेशमा क्वारेण्टाइनमा रहेका व्यक्तिको संख्या , आइसोलेशनमा रहेकाको संख्या तथा अन्य प्रयोजनका लागि आवश्यक पर्नसक्ने खाद्यान्न लगायतका वस्तुहरूको तथ्यांङ्क सहितको योजना तयार गर्ने र प्राप्त हुने खाद्यान्न प्राप्त गरी अभिलेख र वितरणको व्यवस्था मिलाउने । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा नेपाली सेना वा सुरक्षा निकायको नेतृत्वमा कोरोना प्रमाणित भएका वा सम्भावित बिरामीहरू अस्पतालसम्म पुरयाउने वा अस्पतालमै रहने व्यवस्था मिलाउन ‌‍आरएटी
गठन गर्ने । प्रदेशमा प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको पश्चिम सीमा बर्दियामा नेपाली सेना र पूर्वी सिमा नवलपरासीमा सशस्त्र प्रहरी वलले हेल्थ डेस्क खडा गरी प्रदेश प्रवेश गर्ने व्यक्तिहरूको ज्वरो नाप्ने व्यवस्था र आवश्यक सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउने, सुरक्षाकर्मीलाई आवश्यक पर्ने ग्लोवस, मास्क सेनेटाइजर र ज्वरो नाप्ने मेशिन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने निर्णय समेत गरेको छ ।

 


रीमा बि.सी.