कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ८ गते)
असोज ८ गते १ हजार ४ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६९ हजार ३ सय १ पुगेको छ । कुल सङ्क्रमितमध्ये १८ हजार ४ सय ६ जना अर्थात २७ प्रतिशत महिला र ५० हजार ८ सय ९५ जना अर्थात ७३ प्रतिशत पुरुष रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ८ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ५३ जनाको मृृत्यु भएको छ । असोज ८ गते मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५० हजार ४ सय ११ जना निको भएका छन् । असोज ८ गते ४ सय ५७ जना निको भएका छन् भने निको दर ७२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार ४ सय ३७ जनाको उपचार भइरहेको छ ।
प्रदेश २
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार कटहरिया नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र असोज ८ गतेदेखि १० गतेसम्म बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयो । कटहरिया नगरपालिकाद्वारा असोज ८ गते एक सूचना जारी गरी सो स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएपछि प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको साहले जानकारी दिनु भयो ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोनाबाट सङ्क्रमित राजविराज नपा–७ का ६८ वर्षीय पुरुषको असोज ८ गते बिहान मृत्यु भएको छ । होम आइसोलेशनमा बसेका उनको मृत्युपछि शवलाई असोज ८ गते नै सप्तकोशी नदीमा अन्त्येष्टि गरिएको छ । योसँगै सप्तरीमा कोरोना सङ्क्रमित दुई महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । भारदह अस्पतालकी २७ वर्षीय अनमीमा कोरोना सङ्क्रमण देखिए पछि हनुमाननगर कङ्कालिनी नपा–१ स्थित भारदह अस्पताल (सरकारी) असोज ८ गतेदेखि अनिश्चिकालका लागि बन्द भएको छ । भारदह अस्पतालका डाक्टर कुन्दन ठाकुरले असोज ८ गते एक सूचना जारी गरी अर्को सूचना नभए सम्मका लागि अस्पतालमा उपलब्ध सम्पूर्ण सेवाहरू स्थगित गरिएको जानकारी दिनु भयो । अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरुमा समेत सङक्रमणको जोखिम रहेकोले असोज ८ गते अस्पतालमा कार्यरत दुई चिकित्सकसहित कर्मचारी, स्वास्थ्यकर्मी र औषधि पसलेसमेत ४१ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिनु भयो ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार आँबुखैरेनी गाउँपालिका–३ का ३९ वर्षीय एक पुरुषको कोभिड सङ्क्रमणको कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारको क्रममा असोज ८ गते बिहान उनको मृत्यु भएको हो । सो अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार मिर्गौलाको डायलाइसिसको क्रममा उनी भदौ २९ गते चितवन मेडिकल कलेज गएका थिए । उनलाई भदौ ३१ गते कोभिड सङ्क्रमणको पुष्टि भएको थियो यससँगै कोभिडबाट तनहुँका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना महिला रहेका छन् ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि खलङ्गास्थित डाँडागाउँ क्षेत्र सील गरिएको छ । असोज ५ गते गरिएको स्वाब सङ्कलनमा डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई जना कर्मचारी र स्थानीय एक जना पुरुषमा कोरोना पुष्टि भएपछि थप सङ्क्रमण हुन नदिन शारदा नपा–२ को डाँडागाउँ सील गरिएको वडा अध्यक्ष केशव श्रेष्ठले बताउनुभयो । असोज ९ गतेदेखि १५ गतेसम्म पुरोनो बसपार्कको प्रतिक्षालय, आयुर्वेद कार्यालय र सशस्त्र प्रहरीको व्यारेक–काजीधारा आसपासको क्षेत्र पुर्ण रूपमा सील गरिएको हो । डिभिजन वन कार्यालयसहित शारदा नगरपालिका, बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका, तीन ओटा सब डिभिजन वन कार्यालय समेत सील गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिनुभयो । नेपालगञ्जबाट उपचार गरेर फर्किएका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित तीनै जनालाई लुहापिङको आइसोलेसन कक्षमा राखिएको कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी
मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ । सोही घटनामा श्रेष्ठलाई…
राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज कल्याण परिषद्को आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको…
दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी
ननयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न…