कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ६ गते)
असोज ६ गते १ हजार ३ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेको छ । गत २४ घण्टामा ११ हजार १ सय ५४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ६ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय २९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४८ हजार ६१ जना निको भएका छन् । असोज ६ गते ८ सय २३ जना निको भएका छन् भने निको दर ७२.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार १ सय ४२ जनाको उपचार भइरहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार घरमै मृत्यु भएका कोरोना सङ्क्रमित बिष्णुपुर गाउँपालिका-१ प्रसाहीका ४९ वर्षीय पुरुषको असोज ५ गते प्रसाहीमा नपाली सेनाको राजविराजस्थित भिमदल गणले शव व्यवस्थापन गरेको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको मत्यु भएको र कोभिड-१९ को सप्तरीको तथ्याङ्क राख्नु हुने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए पनि मृतकका परिवारका सदस्यले असोज ४ गते घरमै मृत्यु भएको स्पष्ट पारेका छन् ।
नौ दिनअघि नरिवलको रुखबाट लड्दा करङ्ग भाँचिएर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि बिरामीलाई घरमै राखिएकोमा मृतकका भतिजा भुपेन्द्रप्रसाद यादवले बताउनु भयो । हालसम्म सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । जसमा नौ जना पुरुष छन् ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा रिएजेन्ट किट सकिए पछि असोज ६ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणको परीक्षण रोकिएको छ । रिएजेन्ट किट सकिएर परीक्षण गर्न नसकिने भएपछि बारा र पर्साका जनस्वास्थ्य कार्यालयहरूलाई र बीरगंज महानगरपालिकालाई स्वाब सङ्कलन नगर्न प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डाक्टर निरा पाठकले पत्राचार गरी अनुरोध गर्नु भएको छ ।
नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले रिएजेन्ट सकिएकोले पीसीआर परीक्षण बन्द भएको जानकारी दिनु भयो ।
बागमती प्रदेश
काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३, भक्तपुरमा ६८, काभ्रेपलान्चोकमा ३०, चितवनमा २२, रामेछापमा नौ, दोलखा र मकवानपुरमा चार/चार, धादिङमा तीन, सिन्धुली र सिन्धुपाल्चोकमा दुई/दुई र नुवाकोटमा एक जना गरी यस प्रदेशमा असोज ६ गते ७ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २२ हजार ५ सय ७७ जना पुगेको छ । जसमध्ये ११ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने १० हजार ४ सय ५६ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । थप दुई जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…