कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ४गते)
असोज ४ गते १ हजार ३ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६४ हजार १ सय २२ पुगेको छ । गत २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ४ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ११ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४६ हजार २ सय ३३ जना डिस्चार्ज भएका छन् । असोज ४ गते ९ सय ६६ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ४ सय ७८ जनाको उपचार भइरहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार असोज ४ गते दिउँसो सङ्क्रमण पुष्टि भएकी बिष्णुपुर गाउँपालिका-३ की ६२ वर्षीया महिलाको अपरान्ह मृत्यु भएको छ । रुघा, खोकी र ज्वरोले ग्रसित भएपछि असोज २ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको कोरोना सङ्क्रमणको रिपोर्ट आएको केही घण्टामा नै अपरान्ह मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाले बताउनु भयो । उनको मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या दुई महिलासहित १० जना पुगेको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना रहेकी उनीसहित २४ जनामा असोज ४ गते कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
असोज ४ गते जिल्ला प्रहरी कार्यालयका २६ वर्षीय दुई प्रहरी, भिम दल गणका ३१ वर्षीय सैनिक, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर २, जनकपुरधामका कर्मचारी राजविराज नपा-५ का ४३ वर्षीय पुरुषसहित २४ जनालाई कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नपा-१ का १६ र ५० वर्षीया महिला, राजविराज नपा-२ का ५३ वर्षीय पुरुष, राजविराज नपा-६ का २२, २३, ३१ र ३४ वर्षीय पुरुष, २२, ३०, ३१, ४०, ६० र ६५ वर्षीया महिला र राजविराज नपा-८ का ५८ वर्षीय पुरुष कोरोना सङ्क्रमित भएका छन् । यस्तै, रुपनी गाउँपालिका-२ का ३२ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका-३ की ६२ वर्षीया महिला, सोही गाउँपालिका-६ का २७ वर्षीय पुरुष, सोही गाउँपालिका-७ का ३०, ३५ र ४७ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार कोरोना सङक्रमित हरिपुर नपा-९ का ५४ वर्षीय पुरुषको चितवन स्थित भरतपुर अस्पतालको आइसीयू कक्षमा उपचारको क्रममा असोज ३ गते दिउँसो ४ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशील झाले बताउनु भयो । श्वासप्रश्वासमा समस्या देखिएको उनलाई भदौ ११ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भरतपुर अस्पतालमै कोरोना परीक्षण गर्दा भदौ १८ गते उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । असोज ४ गते विहान नेपाली सेनाले शवको व्यवस्थापन गरेको हरिपुर नगरपाकिाका नगर प्रमुख जमिरुदिन मन्सुरीले बताउनु भयो । यो सँगै हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कारोना सङ्क्रमित कलैया उमनपा-१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको असोज ४ गते बिहान नेशनल मेडिकल कलेज बीरगंजमा उपचारको क्रममा मृत्यु भएको डाक्टर असरफ हुसेनले बताउनु भयो । मिर्गौला तथा प्यारालाइसिसका बिरामी पुरुष असोज १ गते उपचारको लागि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । नेशनल मेडिकल कलेजले असोज १ गते नारायणी अस्पतालमा पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट पुष्टि भएको डा. हुसेनले बताउनु भयो । मृतका परिवार र नेपाली सेनाको सहकार्यमा असोज ४ गते बेलुका शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो । जिल्लामा असोज ४ गतेसम्म कोरोना सङ्क्रमित २० जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश
काठमाडौँमा ६ सय २, भक्तपुरमा १ सय ४, ललितपुरमा ६४, मकवानपुरमा २४, धादिङमा २१, चितवनमा १५, काभ्रेपलान्चोकमा पाँच, दोलखामा चार, सिनधुपाल्चोकमा तीन, सिन्धुली र नुवाकोटमा एक/एक जना गरी यस प्रदेशमा असोज ४ गते ८ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २१ हजार ७० जना पुगेको छ । जसमध्ये १० हजार ९ सय ४१ जना उपचारपछि घर फर्किएका छन् भने ९ हजार ९ सय ९४ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । थप सात जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ४५ जना पुगेको छ ।
प्रदेश ५
पाल्पा प्रतिनिधि यज्ञमुर्ति तिमल्सिनाका अनुसार कोरोनाका सङ्क्रमणका कारण असोज ३ गते तानसेन नगरपालिका-१४ अर्गलीकी ४२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनु भयो । निमोनियाबाट पीडित रहेकी ति महिलालाई भदौ ३० गते उपचारको लागि अस्पताल लगिएको थियो । कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपछि भदौ ३० गते स्वाब सङ्कलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक प्रयोगशालामा पठाइएकोमा असोज २ गते कोरोना पुष्टि भएको थियो । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना सङ्क्रमणबाट नेपालगञ्ज उमनपा-२१ पुरैनी बस्ने ५९ वर्षीय पुरुषको असोज ३ गते राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो । मृतकमा कोरोना रोगको लक्षण देखा परेकाले भेरी अस्पताल नेपालगञ्जमा भदौ २० गते लिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । हाइड्रो अक्सिजन, प्लाज्मा थेरापीबाट उपचार गरिएकोमा भदौ २५ गते बाट औषधि सहितको उपचार भइरहँदा असोज ३ गते मृत्यु भएको श्रेष्ठले बताउनु भयो । बाँकेमा हालसम्म कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भइसकेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…