कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ३ गते)
असोज ३ गते १ हजार २ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६२ हजार ७ सय ९७ पुगेको छ । गत २४ घण्टामा १० हजार ३ सय ३३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ३ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय भन्दा बढीको मृत्यु भइसकेको छ । असोज ३ गते ११ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४ सय १ पुगेको हो । सङ्क्रमितमध्ये ४५ हजार २ सय ६७ जना डिस्चार्ज भएका छन् । असोज ३ गते १ हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार १ सय २९ जनाको उपचार भइरहेको छ । असोज ३ गतेसम्म ९ लाखभन्दा बढीको स्वाब परीक्षण गरिसकेको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार विराटनगर महानगरपालिकाले कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन गर्न असोज ३ गतेदेखि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । विशेष अवस्थाका व्यक्तिको घरमै पुगेर स्वाब सङ्कलन गरिने महानगरका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष उद्धव अर्यालले बताउनु भयो । ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीलाई विशेष प्राथमिकतामा राखेर भ्यान सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ । भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ । मोबाइल स्वाब भ्यान सञ्चालनमा आएसँगै विशेष अवस्थाका व्यक्तिहरूले स्वाब दिनका लागि स्वाब सङ्कलन केन्द्रसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य हुने महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनु भयो
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार असोज ३ गते डाक्नेश्वरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४२ वर्षीय कर्मचारी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका ३६ वर्षीय कर्मचारी, जिल्ला प्रहरी कार्यालयका ३७ वर्षीय प्रहरी हवल्दारसहित १८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । विष्णुपुर गाउँपालिका-१ मा २५, ३५ र ३६, वर्षीय पुरुष, सोही गाउँपालिका वडा नम्बर ७ का ३९, ४२, ४५, ४५, ४६, ५०, ५१ र ६० वर्षीय पुरुष, राजविराज नपा-३ का ३३ र ३८ वर्षीय पुरुष, सोही नपा-८ की २० वर्षीया महिला र सोही नपा-९ का २१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना सङ्क्रमित बटेश्वर गाउँपालिका-५ बस्ने ७० वर्षीय पुरुष र सवैला नपा-३ बस्ने ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । आन्द्राको समस्याका साथै मधुमेहबाट पीडित बटेश्वर गाउँपालिका-५ का पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा भर्ना गरिएको थियो । असोज १ गते राति १० बजे उनको मृत्यु भएपछि बटेश्वर गाउँपालिका-५ स्थित सुखजोर खोलाको किनारमा असोज २ गते शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिनु भयो । सबैलाका ६८ वर्षीय पुरुषको स्वाब सङ्कलन गरी परीक्षण गर्दा असोज १ गते कोरोना पोजेटिभ देखिएको थियो । आइसीयूमा राखी उनको उपचार भइरहेकोमा असोज २ गते दिउँसो करिब ३ बजे उपचारकै क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो । उनको शवको व्यवस्थापन सबैला नगरपालिकाको समन्वयमा नेपाली सेनाको टोलीले असोज २ गते नै गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोना सङ्क्रमितको उपचारका लागि कोभिड-१९ विशेष अस्पतालका रूपमा प्रयोग गरिएको १ सय शैयाको जलेश्वर अस्पतालमा अहिले ४२ जना कोरोना सङ्क्रमित आइसोलेशनमा उपचाररत छन् । उनीहरूमध्ये चार जनामा कोरोना सङ्क्रमितलाई भेण्टिलेटरमा राख्नुपर्ने अवस्था आउँदा सेवा दिने उद्देश्यले पाँच ओटा भेण्टिलेटर जडान गरिएको अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताउनु भयो । तर, जनशक्ति अभावमा पाँच भेन्टिलेटर सञ्चालन गर्न नसकिने अवस्था रहेको उहाँले बताउनु भयो । 'भेण्टिलेटरमा राखेर उपचार गर्नका लागि एक चिकित्सक मात्र छन्, तर अन्य चिकित्सक र स्वास्थ्यकर्मी छैनन् ।'-उहाँले भन्नु भयो । भेन्टिलेटर सहित आइसीयू पूर्णरूपमा सञ्चालन गर्न विशेषज्ञ चिकित्सक र स्टाफहरू आवश्यक रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३, ललितपुरमा ५८, मकवानपुरमा १८, काभ्रेपलाञ्चोकमा १४, धादिङमा १३, रामेछाप नौ, चितवनमा र सिन्धुलीमा सात, दोलखामा पाँच, सिन्धुपाल्चोक र नुवाकोटमा चार/चार जना गरी यस प्रदेशमा असोज ३ गते ७ सय ९२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्थिति पत्रमा उल्लेख छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २० हजार २ सय २४ जना पुगेको छ । जसमध्ये १० हजार ५ सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने ९ हजार ५ सय ५० जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । थप ६ जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ३८ जना पुगेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला
१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते १९ वर्ष कैद र ७ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८ हजार…
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…