कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते)
साउन १४ गते २ सय १० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १४ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार २१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार २ सय ३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेश २ का पाँच, बागमती प्रदेशका १४, प्रदेश ५ का दुई, कर्णाली प्रदेशका एक जना गरी २२ जनाको उपचार आइसियू र भेण्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा ६ हजार ३७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन १४ गतेसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । साउन १४ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४९ जनाको मृत्यु भएको स्थिति प्रतविेदनमा उल्लेख गरिएको भएपनि असार १४ गते वीरगञ्जमा दुई र विराटनगरमा एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ का ५८ वर्षीय पुरूषको साउन १४ गते कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरूषको बीपी कोइराला कोरोना अस्पतालमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । १२ दिनअघि भारतबाट आएका उनी सुनवर्षी नगरपालिकाले निर्माण गरेको क्वारेण्टाइनमा बस्दै आएका थिए । साउन १३ गते छातीमा समस्या देखिएपछि उनलाई गोल्डेन अस्पताल विराटनगर भर्ना गरिएको थियो । गोल्डेन अस्पतालले कोरोना भाइरसको लक्षण देखिएकाले साउन १३ गते राति कोशी अस्पताल रेफर गरेको थियो । कोशी अस्पतालले स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । बिरामीको स्वास्थ्य जटिल बनेपछि साउन १४ गते बिहान कोशी अस्पतालले बीपी अस्पतालमा रेफर गरेको थियो । कोरोना भाइरसका कारण प्रदेश १ मा पहिलो मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत…
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले…
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…