कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ११ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ११ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १३ हजार १ सय २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ४ सय ४० जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७०.५ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ११ गतेसम्म कोरोना सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको छ । मन्त्रालयले २४ घण्टामा ७५ जना निको भएका र १ सय ३० जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण गरिएको थियो ।
प्रदेश २
रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार रौतहटमा ५५ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुटु र मधुमेह रोगका बिरामी उनले काठमाडौंँ उपचार गर्न जानका लागि हेटौँडामा पीसीआर परीक्षण गराउँदा साउन १० गते सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मी सुबोध साहले बताउनु भयो । साहका अनुसार उहाँलाई पछिल्लो समय सुगर लेभल बढ्ने र मुटुमा पनि सामान्य समस्या देखिएको थियो । साउन १० गते वडा अध्यक्षकी पत्नीको मृत्यु करेण्ट लागेर भएको थियो । सो खबर पाएपछि वडा अध्यक्ष उनी हेटौडाबाट सिधै जिल्ला अस्पताल गौर पुगेका थिए । पत्नीको मृत्युपछि उनीसँगै करिब ३ सय जना मलामी गएका थिए । वडा अध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएर उनकी पत्नीको मलामी गएकाहरूलाई होम क्वारेण्टाइनमा बस्न भनेको बताउँदै नगरपालिकाका प्रमुखले सबैको नामावली सङ्कलन र कन्ट्याक्ट टे«सिङ्गको काम सुरू गरिसकेको जानकारी दिनु भयो । उहाँले सङ्क्रमित वडा अध्यक्ष तीन दिन अगाडि मात्र नगर कार्यपालिकाको बैठकमा सहभागी हुनु भएकाले सम्पुर्ण जनप्रतिनिधि र नगरपालिकाको कर्मचारीको पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने तयारी भइरहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीका अनुसार सङ्क्रमित वडाध्यक्षलाई हाल जिल्लाकै गरुडा नगरपालिकाको विर्तास्थित प्रहरी विद्यालयको आइसोलेशनमा राख्ने तयारी भइसकेको तर उनी मुटु र मधुमेहका रोगी भएकोले स्वास्थ्यमा समस्या आएमा बीरगंज वा काठमाडौँमा लैजान पनि गृहकार्य भइरहेको बताउनु भयो ।
प्रदेश ५
सरकारले लकडाउन हटाएसँगै बाँकेमा समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छ । साउन १० गते भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका दुई र जुम्लाका एक जनामा कोरोना पोजेटिभ देखिएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको हो । नेपालगञ्ज उमनपा–११ का ३९ वर्षीय पुरुष त्रिभुवन चोकमा मिठाई पसल गर्ने व्यक्ति हुन् । बर्दिया बासगढी नपा–४ घर भइ नेपालगञ्ज उपमनपा–१२ बस्ने १९ वर्षीया महिला दैनिक ज्यालादारी काम गर्ने मजदुर भएको र दैनिक कामको खोजीमा त्रिभुवन चोकमा जाने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितहरू कोही पनि क्वारेण्टाइनमा नबसेको र बाहिर देश तथा जिल्लातिर नगएको जनाइएको छ ।
यसैगरी यातायात व्यवस्था कार्यालय नेपालगञ्जका २२ वर्षीया महिला कर्मचारीमा साउन ११ गते कोरोना सङ्क्रमण देखिएपछि उक्त कार्यालयको सबै सेवा बन्द गरिएको छ । सङ्क्रमित महिलासँग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने एकिन नभएको नेपालगञ्ज उमनपाका स्वास्थ्य संयोजक रामबहादुर चन्दले बताउनु भयो । चन्दका अनुसार प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरू पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठिन हुने देखिएको छ ।
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार आन्तरिक राजश्व कार्यालय बाँकेमा कार्यरत नेपालगञ्ज उपमनपा–१६ का ३३ वर्षीय कर्मचारीमा कोरोना पुष्टि भएपछि राजश्व कार्यालय साउन ११ गते बन्द गरिएको छ । आन्तरिक राजश्व कार्यालयले साउन ११ गते सूचना जारी गर्दै कार्यालयका सम्पुर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेकाले सङ्क्रमणको जोखिमका कारण कर्मचारीहरू क्वारेण्न्टाइनमा रहनुपर्ने भएकोले कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेन्द्र श्रेष्ठले साउन १० गते लिएको स्वाबमा कोरोना पोजेटिभ देखिएको र कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरूको पीसीआर परीक्षण गर्नको लागि स्वाब लिएको बताउनु भयो । सङक्रमितलाई साउन १० गते नै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेशनमा राखेर उपचार भइरहेको बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…