कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ८ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ८ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ८ सय ४० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ३ सय ५८ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७०.४ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ८ गतेसम्म ४३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले २४ घण्टामा १ सय ५६ जना निको भएका र १ सय ४७ जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको स्वाब परीक्षण गरिएको थियो ।
प्रदेश २
प्रदेश २ मा साउन ८ गते सम्ममा जम्मा ४ हजार ७ सय ४८ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ८ सय ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ८ सय ९७ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ८ गते सम्ममा ८ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित आइसोलेशन केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितहरूले समयमा पानीसमेत उपलब्ध नगराएको भन्दै साउन ८ गते गुनासो गरेका छन् । आइसोलेशनमा बसेका राजविराज नपा–६ का ४८ वर्षीय सङ्क्रमितले साउन ८ गते बिहानदेखि खाना र पानीको सुविधा नभएको, शौचालय फोहोर र नुहाउने व्यवस्थासमेत नभएको भन्दै गुनासो गर्नु भएको छ । अधिवक्ता रामकुमार यादव, निरञ्जन शर्मा र बिजय दुबेले आइसोलेशन केन्द्रका सङ्क्रमितबाट प्राप्त भिडियो र तस्विरहरू इन्सेक प्रतिनिधिलाई फेसबुक म्यासेन्जरमा पठाउँदै समस्या समाधानका लागि ध्यानाकर्षण गराउनु भएको छ । बिरामीलाई मनतातो पानी दिनु पर्नेमा चिसो पानीसमेत समयमा उपलब्ध नगराएको, चिकित्सकहरूको उपस्थिति नरहेको, गुणस्तरीय खाना खान नपाएको सङ्क्रमितहरूले गुनासो गर्नु भयो ।
इन्सेक प्रतिनिधिले कोभिड व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त प्रमुख डाक्टर रणजितकुमार झालाई साउन ८ गते फोन गरी समस्या समाधान गर्न आग्रह गर्नु भएको छ । डाक्टर झाले बिहान बिजुलीको ट्रान्सफर्मर बिग्रिएकाले नयाँ फेर्नु परेको बताउँदै बिजुलीकै कारण पानी र सरसफाईमा समस्या भएपनि साँझसम्म बिजुली मर्मत भएपछि समस्या समाधान हुने बताउनु भयो । खाना र नास्ताका सम्बन्धमा अनुगमन गर्ने र समाधान गर्ने डाक्टर झाले प्रतिबद्धता जनाउनु भयो ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार भारतबाट आएका नागरिकहरूका तुलनामा स्थानीय समुदायमा बढी कोरोना सङ्क्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले ठाँटीकाँध गाउँपालिकामा आवातजावत पूर्णरूपमा रोक लगाउँदै गाउँपालिकामा निषेधाज्ञा गरेको छ । साउन ७ गते ठाँँटीकाँधका १६ जना स्थानीयहरू सङ्क्रमित फेला परेपछि साउन ८ गतेदेखि अर्को आदेश नहुञ्जेल गाउँपालिकामा निशेधाज्ञा गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनु भयो । ठाँटीकाँधमा भारतबाट आएका चार जना कोरोना सङ्क्रमितहरू निको भएर समुदायमा पुगिसकेपछि त्यसको चार गुना बढी समुदायका व्यक्तिहरूमा कोरोना फेला परेका हुन् । नयाँ सङ्क्रमित सबैलाई कृष्ण मावि लकान्द क्वारेण्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताउनु भयो । कोरोना प्रयोगशाला दैलेखले गरेको पछिल्लो परीक्षणमा दैलेखका आठबीस, चामुण्डाबिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका स्थानीयहरूको कोरोना परीक्षण गर्दा साउन ८ गते थप नयाँ २४ जना कोरोना सङ्क्रमित फेला परेका छन् । स्थानीय प्रशासन र स्थानीयहरूको लापरवाहीले समुदायमा कोरोना सङ्क्रमण फैलिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति खेमराज केसीको टिप्पणी छ । असार १५ गतेदेखि प्रयोगमा आएको दैलेख प्रयोगशालाले परीक्षण गरेका १ सय १ जना र त्यसअघि कर्णाली प्रदेश प्रयोगशालाले पुष्टि गरेका ७ सय ५७ समेत दैलेखमा ८ सय ५८ जना कोरोना सङ्क्रमित पहिचान भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…