कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ४ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ४ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये ११ हजार ६ सय ९५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ९ सय २३ जनाको उपचार भइरहेको छ भने ४० जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये निको दर ६६.२ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ४ गते जारी स्थिति प्रतिवेदन अनुसार ३ लाख १५ हजार ५ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ भने २२ हजार ६ सय ६२ जना क्वारेण्टाइनमा रहेका छन् । साउन ४ गते मात्रै १ सय ५६ जनामा कारोना सङ्क्रमण देखिएको छ भने ५८ जना निको भइ डिस्चार्ज भएका छन् ।
गण्डकी प्रदेश
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकालाई साउन ४ गते स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रे र इन्सेकद्वारा गठित मानव अधिकार समूहका सदस्य दयाराम आचार्यले संयुक्त रूपमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनियालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहयोग स्वरुप ५ सय थान मास्क, एक लिटर स्यानिटाइजर र दुई थान थर्मल गनलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…