कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ३ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये ११ हजार ६ सय ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ८ सय २५ जनाको उपचार भइरहेको छ भने ४० जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ३ हजार ३ सय ३१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा १ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये निको दर ६६.५ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ३ गते सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा कम प्रदेश १ मा ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ का ३ हजार ७ सय १५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् भने सबैभन्दा कम बागमती प्रदेशका ४ सय ३२ जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
प्रदेश २
प्रदेश २ मा साउन ३ गतेसम्ममा ४ हजार ४ सय ८३ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ६ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ८ सय ४४ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ३ गते सम्मा ६ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश ५
रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार रोल्पा नगरपालिका– १० र ४ मा गरी सङ्क्रमण पुष्टि भएका १३ जनामध्ये एक जना पीसीआर रिपोर्ट नआउँदै गाउँ तथा बजार क्षेत्रमा खुल्ला रूपमा हिँडडुल गरेको पाइएपछि उक्त वडा साउन ३ गते १२ बजेदेखि सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै साउन ४ गतेदेखि बजार क्षेत्रमा पूर्णरूपमा लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी पीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म लकडाउन यथावत रूपमा रहने छ । यस अवधिमा कार्यालयहरू सञ्चालनमा आएपनि साउन ३ गतेको सर्वपक्षीय बैठकले अर्को सूचना नभएसम्म सेवाप्रवाह नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रानाले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निर्माण व्यवसायीको लापरवाहीले अस्पताल भवन नबन्दा सेवाग्राही मर्कामा
दोरम्बा शैलुङ गाउँपालिका दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायी बीचमा काम छोडेर भागेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ०७८ चैत…
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…