कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३१ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार ३१ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये ११ हजार २५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ६ हजार १ सय १३ जनाको उपचार भइरहेको छ भने ३९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ५ हजार ९० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा १ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार भारतबाट आएर क्वारेण्टाइनमा नबसी भागेका एक दम्पतीलाई तीन दिनपछि सदरमुकामको रामरेखा क्वारेण्टाइनमा ल्याइएको छ । उनीहरूलाई असार ३१ गते जिल्ला प्रहरी कार्यालय, बागलुङको प्रहरी टोलीले वडा कार्यालयको सहयोगमा घरै गएर पुनः क्वारेण्टाइनमा ल्याएको हो । वडाले राम्रो खाना र पानी नदिएकोले भाग्न बाध्य भएको उनीहरुले बताए । बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष खगराज पाण्डेले भारतबाट आएर क्वारेण्टाइनमा राखिएको भोलिपल्ट राति ठूलो पानी परेपछि उनीहरू भागेर गएको बताउनु भयो । ‘हामीले क्वारेण्टाइनमा खाने बस्नेको व्यवस्था गरेकै थियौँ । अनावश्यक रूपमा अतरिञ्जना गरिएको छ, ऊ भागेर घर गएपछि छिमेकीबाट मलाई खबर आयो, मैले प्रहरीलाई जानकारी गराएर असार ३१ गते बागलुङ बजारकै क्वारेण्टाइनमा राख्ने गरी पठाएका छौंँ ।’ अध्यक्ष पाण्डेले घरमै प्रहरी पुगेर बजारको क्वारेण्टाइनमा लैजान खोज्दा पनि नमानेपछि बल्लबल्ल फकाएर पठाएको बताउनुभयो ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार नारायण नगरपालिका–४ वडा कार्यालयले कोरोना प्रभावित परिवारलाई राहतस्वरूप असार ३० गते बाँडिएको चामल फिर्ता लिन नमानेपछि असार ३१ गते स्थानीयले कुहिएको चामल बाँडिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । चामलमा ढुङ्गा मिसाइएको र कुहिएको पाइएपछि फिर्ता गराउन जाँदा हप्काएकाले आन्दोलन गर्नु परेको स्थानीय पवित्रा नेपालीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय दैलेखबाट सशस्त्र दस्तासहित घटनालाई शान्त पार्न प्रहरी इन्स्पेक्टर नैनबहादुर साउदको टोलीले असार ३१ गते साँझसम्म पनि ताला खुलाउन सकेको थिएन । घटनाबारे ध्यानार्षकण गराउँदा नारायण नगरपालिका–४ वडाध्यक्ष वीरबहादुर कटुवालले कमजोरी सच्याउन तयार भए पनि अनियन्त्रित भीड तयार भएको प्रतिक्रिया दिनु भयो । चामलको ठेक्का दैलेख सदरमुकामको शान्ति स्टोर्सले पाएको थियो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २६ गते पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरी महत्वपूर्ण योगदान पुर्याएको भन्दै नगरपालिकाका प्रमुख जिवनराज थापाले असार ३१ गते इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीलाई नगरपालिकाले आयोजना गरेको नगर सभा समारोहमा सम्मान–पत्र प्रदान गर्नु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…