कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३० गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार ३० गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । तीमध्ये आधाभन्दा बढी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३ सय २८ जना सङ्क्रमित निको भएका हुन् । असार ३० गते १ सय १६ जनामा सङ्क्रमण देखिएको हो । कूल सङ्क्रमितमध्ये ६ हजार ६ सय ९५ जनाको उपचार भइरहेको छ ।
प्रदेश २
प्रदेश २ मा असार ३० गतेसम्म ४ हजार ३ सय ९२ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ४ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ९ सय ७ जना उपचाररत छन् । असार ३० गतेसम्म चार जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार छिन्नमस्ता गाउँपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेण्टाइनमा रहेका सोही गाउँपालिका–३ का १९ वर्षीय पुरुषलाई असार २९ गते राति करिब ९ बजे सर्पले डसेको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रकुमार यादवले बताउनु भयो । सर्पदंशबाट घाइते भएका कोरोना सङ्क्रमितलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । चार दिनदेखिको अविरल वर्षाका कारण क्वारेण्टाइनमा वर्षाको पानी पसेकाले क्वारेण्टाइनमा बसेकाहरूले थप असुरक्षित महसुस गरेको बताएका छन् । क्वारेण्टाइनलाई व्यवस्थित गर्न उनीहरूले माग गरेका छन् ।
कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार चन्दननाथ नगरपालिका–५ को मूल बजार क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण देखिएपछि सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न जुम्ला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा असार ३० गते दिँउसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको उल्लेख छ । औषधि पसल, स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलाप पूर्णरूपमा बन्द गर्ने निर्णयसहित चन्दननाथ नपाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २९ गते पूर्वीचौकी गाउँपालिकालाई मानव अधिकार समूहमार्फत पूर्वीचौकी गाउँपालिकाका प्रमुख दिर्घराज बोगटीलाई मेडिकल मास्क, साबुन, डिस्पोजेबल ग्लोब्स र सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ । इन्सेकले गरेको सहयोगले गाउँपालिकालाई राहत मिल्नुको साथै मानव अधिकार संरक्षण तथा संवद्र्धनमा आगामी दिनमा पनि इन्सेकसँग गाउँपालिकाले सहकार्य गर्ने गाउँपालिका प्रमुख दिर्घराज बोगटीले बताउनु भयो ।
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले नवदुर्गा गाउँपालिकामा असार २९ गते नवदुर्गा गाउँपालिकास्तरीय मानव अधिकार समूहमार्फत गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टलाई मेडिकल मास्क, साबुन, डिस्पोजेबल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको इन्सेकका जिल्ला कार्यक्रम सहजकर्ता लोकेन्द्र विकले बताउनु भयो । इन्सेकले गरेको सहयोग सामग्रीले नगरपालिकालाई राहत मिलेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताउनु भयो । यसैगरी, इन्सेकले असार २८ गते अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझालाई मेडिकल मास्क, साबुन, डिस्पोजेबल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको थियो । स्वास्थ्य सामग्री ग्रहण गर्दै नगरप्रमुख ओझाले इन्सेकलाई धन्यवाद दिँदै मानव अधिकारको आगामी अभियानमा सहकार्य गर्दै अगाडि बढनुपर्ने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…