कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २८ गते)
नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये आधाभन्दा बढी उपचार पछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २८ गते जारी गरेको प्रतिवेदनका अनुसार ५१.१ प्रतिशत सङ्क्रमित निको भएका हुन् । नेपालमा १६ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ८ हजार ५ सय ८९ जना डिस्चार्ज भएका छन् । ३८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी सङ्क्रमित रौतहटका छन् ।
बागमती प्रदेश
यस प्रदेशमा असार २८ गते थप १२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ सय ९९ जना पुगेको छ । जसमध्ये ३ सय २८ जना उपचारपछि घर फकिएका छन् भने ४ सय ६२ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणको कारण ९ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार २८ गते थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ९२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेश
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार लकडाउनका कारण विद्यालय बन्द भएकाले पठनपाठन अवरुद्ध भएपछि घरमै बसेर पढ्न, लेख्न तथा सिक्न प्रोत्साहित गर्न शिक्षाको लागि खाद्य कार्यक्रम जाजरकोटले २ सय २ विद्यालयका बालबालिकालाई असार १७ गतेदेखि खाद्यान्न वितरण कार्य सुरू गरेको छ । आगामी साउन १६ गतेसम्म २५ हजार ७ सय २० बालबालिकालाई खाद्यान्न वितरण गरिने शिक्षाको लागि खाद्य कार्यक्रम, जाजरकोट इकाइ प्रमुख ऋषिराम बिमलीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उहाँका अनुसार एक जना विद्यार्थीलाई सात किलो चामल, दुई किलो दाल र आधा लिटर तेल वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहयोगमा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीलाई असार २८ गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले इन्सेक जिल्ला सहजकर्ता रञ्जना बोगटीले सेनिटाइजर, ग्लोब्स र साबुन हस्तान्तरण गर्नु भयो । नगरपालिकाका प्रमुख मञ्जु मलासीले इन्सेकलाई धन्यवाद दिनु हुँदै आगामी दिनमा पनि इन्सेकसँगको सहयात्रा जारी रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट बच्न सहयोग पुगाोस् भन्ने उद्देश्यले इन्सेकद्वारा दशरथचन्द नगरपालिकालाई असार २८ गते स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मानव अधिकार समूहका अध्यक्ष सरस्वती भट्टलगायतको समूहले दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालाई मेडिकल मास्क, साबुन, डिस्पोजल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको इन्सेकका कार्यक्रम सहजकर्ता निशा भट्टले बताउनु भयो । नेपाल सरकारले मास्क अनिवार्य गर्ने निर्णय गरेको अवस्थामा इन्सेकले मास्कलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा ठूलो सहयोग पुगेको नगरप्रमुख थापाले बताउनु भयो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार शान्ति सुरक्षाको जिम्मेवारीसँगै कोरोना सङ्क्रमणबाट नागरिकलाई सुरक्षित राख्न साँफेबगर इलाका प्रहरी कार्यालयले असार २७ गतदेखि कोरोना सङ्क्रमणबाट बच्न अत्यावश्यक काममा मात्रै बाहिर जाने, बाहिर जाँदा मास्क अनिवार्य लगाउने र भीडभाड नगर्ने नारासहित साँफेबगरमा चेतनामूलक र्याली गरेको छ । जिल्लामा हालसम्म ६ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १ सय ७८ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…