कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २६ गते)
पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार असार पीसीआर परीक्षणको सङ्ख्या २६ गतेसम्म २ लाख ७५ हजार ९ सय ५१ रहेको छ । जसमा १६ हजार ६ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । असार २६ गतेसम्म ८ हजार ११ जना निको भइ घर पर्किएका छन् भने ८ हजार ६ सय ३ जना उपचाररत छन् । कोरोनाकै कारण ३५ जनाको मृत्यु भएको छ ।
प्रदेश १
प्रदेशमा असार २६ गते थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ७ सय ८ पुगेको छ । प्रदेश १ मा असार २६ गते डिस्चार्ज हुनेको कूल सङ्ख्या ५ सय ४१ पुगेको छ ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार इन्सेक विराटनगर कार्यालयले असार २६ गते रङ्गेली नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना जोखिम न्यूनीकरणका लागि इन्सेकले स्वास्थ्य सामग्री प्रदान गरेको हो । इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार इन्सेकले असार २६ गते माइ जोगमाई गाउँपालिकालाई कोरोना जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बागमती प्रदेश
असार २६ गते काठमाडौँमा २८, ललितपुरमा १३, भक्तपुरमा एक र अन्य जिल्लाका १० जना गरी थप ५४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ सय ७० जना पुगेको छ । जसमध्ये २ सय ७३ जना उपचारपछि घर फर्किएका छन् भने ४ सय ९१ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । यस प्रदेशमा हालसम्म कोरोना भाइरस सङ्क्रमणको कारण ६ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार २६ गते थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ६२ पुगेको छ भने सङ्क्रमणबाट निको हुनेको सङख्या ६ सय ३३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेश
मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सोरु गाउँपालिकाले स्थापना गरेको विपद् कोषबाट ३ लाख रुपियाँ उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दबाब दिएर कार्यालयको काममा अवरोध पु¥याएको भन्दै गाउँपालिकाका ५८ जना कर्मचारीले संयुक्तरूपमा असार २३ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । गाउँपालिका प्रमुख लोकबहादुर शाहीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा आफूमाथि लगाएको सबै आरोप झुटा रहेको भन्दै प्रमाणसहित आउन कर्मचारीलाई चुनौति दिनु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले उक्त घटनाको अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिनु भयो ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २६ गते गोदावरी नगरपालिका–९ बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय र गौरीगङ्गा नगरपालिका–६ बनबेहडास्थित अमर माध्यामिक विद्यालयमा रहेको क्वारेण्टाइन अनुगमनका क्रममा सरकारले जारी गरेको क्वारेण्टाइन व्यवस्थापन मापदण्ड अनुसार नराखिएको क्वारेण्टाइनमा बस्दै आएकाहरूले गुनासो गरेका छन् । गोदावरी नगरपालिका–९ बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेण्टाइनमा बस्दै आएकी ३८ वर्षीया महिलाले क्वारेण्टाइनमा बसेको ६३ दिन भइसक्दा समेत आफ्नो आरडीटी परीक्षण नगरिएको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो–‘क्वारेण्टाइनमा पानी, खाना, बत्ति केही पनि छैन । महिनावारी भएको बेला नुहाउन र लुगा धुन समस्या रहेको छ । दुई महिना बित्दा पनि न स्वास्थ्य परीक्षण गरेको छ न घर पठाएको छ । जनप्रतिनिधिहरूले पनि चासो दिनु भएको छैन ।’ सोही क्वारेण्टाइनमा बस्दै आएका २७ वर्षीय युवकले आरडीटी पोजेटिभ आएको १८ दिन हुँदा पनि पीसीआर परीक्षण नगरेको आरोप लगाए । गोदावरी नगरपालिका–९ का वडाध्यक्ष लहानु चौधरीले अहिले नगरसभा र आर्थिक वर्षको अन्तिम क्लोजिङ्ग भएका कारण क्वारेण्टाइनमा समय दिन नसकेको स्वीकार गर्नु भयो । उहाँले भन्नु भयो–‘सरकारको मापदण्डअनुसार क्वारेण्टाइन व्यवस्थापन गर्न सकिएको छैन । कोरोना परीक्षणमा पनि ढिलाइ भएको छ ।’ गोदावरी नगरपालिका–९ बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेण्टाइनमा अहिले चार जना महिला, सात जना बालबालिका र ६ जना पुरुष गरी १९ जना रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…