कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २४ गते)
कोरोना भाइरसको सङ्क्रमणबाट २४ घण्टामा २ सय ५५ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका असार २४ गतेसम्म १६ हजार ४ सय २३ जनामा कोरोना पुष्टि भएको छ । उहाँका अनुसार ८ हजार ६ सय ३६ जनाको उपचार भइरहेको छ भने ७ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन् । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार निको भएको दर ४७.२ प्रतिशत रहेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ मा चार, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
प्रदेश १ मा असार २४ गते थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ७ सय २ पुगेको छ । प्रदेशमा असार २४ गते ४९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल सङ्ख्या ५ सय २८ पुगेको छ ।
प्रदेश २
प्रदेश २ मा असार २४ गते सात जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ६१ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये २ हजार २ सय ४० जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार अभावमा मृत्यु भएका हंसपुर नगरपालिका–७ का १५ वर्षीय राजु सदा घटनाको छानविन गर्न गठित संसदीय समितिको समयावधि पाँच दिन थप गरिएको छ । असार २४ गतेदेखि लागु हुने गरी पाँच दिनको समयावधि प्रदेश सभाले थप गरेको हो । असार १४ गते प्रदेश सभाको बैठकले नेकपाका प्रदेश सभा सदस्य रबीन्द्र बैठाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिको सदस्यहरूमा प्रदेश सभा सदस्य चमेली देवी दास, सुरिता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह रहनु भएको छ । संयोजक बैठाले सदाको घर तथा उनलाई राखिएको क्वारेण्टाइनको स्थलगत अवलोकन र सरोकारवालासँग छलफल गर्ने काम सम्पन्न भइसकेको बताउनु भयो । सदाको मृत्यु घटनासम्बन्धी कागजातहरू प्रादेशिक अस्पतालबाट लिएर अध्ययन गरिरहेको उहाँले बताउनु भयो । राजु सदाको मृत्यु घटना छानविन गर्न सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा असार ११ गते गठन गरेको छानविन समितिले पनि प्रतिवेदन सार्वजानिक गरेको छैन । सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले अस्पतालमै केन्द्रित रहेर समितिले अध्ययन गरिरहेकोले चाँडै नै प्रतिवेदन तयार हुने बताउनु भयो । सदाको मृत्यु असार ८ गते प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा भएको थियो ।
बागमती प्रदेश
असार २४ गते काठमाडौँमा १७, ललितपुरमा ६ र अन्य जिल्लाका १३ जना गरी थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ सय ७ जना पुगेको छ जसमध्ये २ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार २४ गते थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १ सय २९ पुगेको छ भने सङ्क्रमणबाट निको हुनेको सङख्या ३५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
प्रदेश ५
असार २४ गतेसम्म प्रदेश ५ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ हजार २४ जना पुगेको छ । जसमध्ये २ हजार २ सय ९६ जना उपचारपछि घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्थिति प्रतिवेदनमा उल्लेख छ ।
कर्णाली प्रदेश
असार २४ गतेसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ६ सय २४ जना पुगेको छ जसमध्ये १ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्थिति प्रतिवेदनमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश
असार २४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ८ सय ७१ जना पुगेको छ । जसमध्ये ९ सय ३८ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्थिति प्रतिवेदनमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…