कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २२ गते)
कोरोना भाइरसको सङ्क्रमण असार २२ गतेसम्म १५ हजार ९ सय ६४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ९ हजार १ सय १८ जनाको उपचार भइरहेको छ भने ६ हजार ८ सय ११ जना डिस्चार्ज भएका छन् । त्यसैगरी कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको पनि डाक्टर गौतमले जानकारी दिनु भयो । असार २२ गतेसम्म २ लाख ५५ हजार ७ सय २८ जनाको पीसीआर परीक्षण र ३ लाख १२ हजार ४ सय २ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयद्वारा जारी स्थिति प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश २
प्रदेश २ मा असार २२ गते २९ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ३७ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये २ हजार ९१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार २२ गते थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १ सय १३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार ११ दिनदेखि बिग्रिएको पीसीआर मेसिन मर्मत नहुँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पीसीआर परीक्षण कार्य अवरुद्ध भएको छ । प्रादेशिक प्रयोगशालामा जम्मा भएको स्वाबको नमूना नेपालगञ्ज, दैलेख, जुम्ला र काठमाडौँ पठाउनुपर्ने बाध्यता आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले बताउनु भयो । दैनिक ४ सय जनाको स्वाब परीक्षण गर्ने मेसिन मर्मतका लागि आपूर्तिकर्ता भारतीय कम्पनी हेलिक्स इन्टरप्राइजेज प्रालिलाई समयमै जानकारी गराए पनि कम्पनीले मर्मत गर्न प्राविधिक पठाउन ढिलाइ गरेको निर्देशक भण्डारीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार आरडीटी पोजेटिभ आएका २९ जनाको पीसीआर परीक्षणको रिपोर्ट नआउँदै क्वारेण्टाइनबाट घर पठाइएको विरोधमा बान्नीगढी जयगढ गाउँपालिकाका स्थानीयले असार २० गते गाउँपालिका घेराउ गरी नाराबाजी गरेपछि घर गएका २९ जनालाई पुनः बान्नीगढी जयगढ गाउँपालिकाकै आइसोलेशन कक्षमा ल्याएर राखिएको छ । घर पठाइएका २९ जनामध्ये नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाले उनीहरूलाई बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको विन्देश्वरी मावि र बाँकी २० जनालाई सरस्वती मावि, जयगढको आइसोलेशन कक्षमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्तबहादुर रावलले बताउनु भयो । उहाँले भन्नु भयो–“कसैमा कोरोनाको लक्षण नदेखिएपछि आरडीटी पोजेटिभ देखिएकाहरूलाई पनि घर पठाएका हौँ । थ्रोट स्वाब नमूना पठाएको १४ दिनसम्म पनि रिपोर्ट नआएपछि उहाँहरूलाई सुरक्षितरूपमा घरमै बस्न भनेर पठाइएको हो ।”
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार सुदूरपश्चिम प्रदेशका सात ओटा पहाडी जिल्लामध्ये डडेल्धुरा जिल्लामा असार २१ गतेदेखि कोरोना भाइरसको परीक्षण सुरु भएको छ । नागरिकस्तरबाट चन्दा सङ्कलन गरी खरिद गरिएको पीसीआर मेसिन जडानसँगै डडेल्धुरा अस्पतालले कोरोना भाइरसको परीक्षण सुरु गरेको अस्पताल प्रयोगशालाका इञ्चार्ज इश्वरी भुसालले बताउनु भयो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका १२ नमूना परीक्षणहरू सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा पनि पुनः परीक्षण गर्दा कुनै भिन्नता नआएपछि असार २१ गतेदेखि डडेल्धुरा अस्पतालबाट नै कोरोना परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जगदिशचन्द्र विष्टले बताउनु भयो । डडेल्धुरा अस्पतालमा हालसम्म ३२ जनाको कोरोना परीक्षण गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…