कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
पछिल्लो २४ घण्टामा ४ सय ७८ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार ५ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो । असार १८ गतेसम्म ५ हजार ३ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाका कारण ३१ जनाको मृत्यु भएको र ९ हजार १ सय ६८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये १३ प्रतिशत महिला रहेको मन्त्रालयद्वारा जारी स्थिति प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश २
प्रदेश २ मा असार १८ गते ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ४४ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार ९ सय २३ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार जिल्ला बाहिरबाट आउनेहरूलाई अनिवार्य रूपमा १४ दिन क्वारेण्टाइनमा राख्ने निर्णय असार १७ गते गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनु भयो । कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारलाई प्रदेशभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेण्टाइनमा राख्ने निर्णय गरिएको हो । जनकपुरधाममा बढी जनघनत्व भएकाले प्रवेश गर्ने अन्य जिल्लाबासीले अनिवार्य रूपमा क्वारेण्टाइन बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा असार १८ गते ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको काठमाडौँमा २८ जना, ललितपुर, भक्तपुर, चितवन, दोलखा र काभ्रेमा दुई/दुई जना, सिन्धुपाल्चोकमा चार जना, नुवाकोट, रसुवा, सिन्धुली, मकवानपुर, रामेछाप र धादिङ जिल्लामा एक÷एक जनामा कोरोनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्या ५ सय ५ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १८ गते थप ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ३९ पुगेको छ भने निको हुनेको सङख्या २ सय ९६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेश
रूकम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार क्वारेण्टाइनमा बसेकाहरूको स्वाब परीक्षणका लागि सुर्खेत, जुम्ला र दाङ पठाउँदा रिपोर्ट आउन धेरै दिन लाग्ने भएपछि चौरजहारी नगरपालिकाले कोरोना भाइरस परीक्षण गर्ने मेसिन किनेको छ । चौरजहारी नपा–२ मा निर्माण गरिएको पीसीआर परीक्षण प्रयोगशालामा पहिलो पटक असार १७ गते चार जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनु भयो ।
सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार बनगाड कुपिण्डे नगरपालिका–३ स्थित आधारभूत विद्यालय लहाघाटको क्वारेण्टाइनमा जेठ १९ गतेदेखि बसेका ७३ जनामध्ये ७० जना भागेर घर गएका छन् । उनीहरूले प्रहरीहरूलाई ढुङ्गामुढा गरेर त्यहाँबाट भागेको नगरपालिकाका मेयर गोविन्दकुमार पुनले जानकारी दिनु भयो । उनीहरू क्वारेण्टाइनमा बसेको १७ दिनपछि स्वाब सङ्कलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । एक महिनासम्म क्वारेण्टाइनमा बस्नुपरेको र रिपोर्ट पनि समयमा नआएको भन्दै उनीहरू क्वारेण्टाइनबाट भागेका हुन् । मेयर पुनले सुर्खेत पठाएको स्वाब त्यहाँ मेसिन बिग्रिएपछि नेपालगञ्ज पठाइएको र नेपालगञ्जले पनि आजभोलि भन्दै टारेकाले समस्या भएको बताउनु भयो । सो नगरपालिकामा मात्रै भारतबाट आएका झण्डै २५ सय नागरिकहरूको क्वारेण्टाइनमा व्यवस्थापन गरिएको थियो । तर, अहिले क्वारेण्टाइनमा १ सयको हाराहारीमा मात्रै मानिसहरू रहेका छन् । क्वारेण्टाइनबाट भागेकाहरूको खोजी भइरहेको मेयर पुनले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…