कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १३ गते)
नेपालमा जेठ १३ गते थप ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ७ सय ७२ पुगेको छ । सङ्क्रमितहरूमध्ये ६ सय ८८ जना पुरुष र ८४ जना महिला रहेका छन् । सबैभन्दा बढी २१ वर्षदेखि ३० वर्ष उमेर समूहका २ सय ७१ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये चार जनाको मृत्यु भएको छ भने १ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १ सय २४ जना पुरुष र ३१ जना महिला रहेका छन् । हालसम्म कोरोनाको सङ्क्रमण ४६ जिल्लामा फैलिएको छ ।
प्रदेश १
प्रदेश १ मा जेठ १३ गतेसम्म पीसीआर र आरडीटी विधिबाट १६ हजार ८ सय १८ जनाको परीक्षण गरिएको छ । प्रदेशमा नमुना सङ्कलन गरिएका मध्ये ८७ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार अस्पताल बनाउने निर्णयप्रति स्थानीय जनप्रतिनिधिसहित नगरवासीले विरोध गरेका छन् । भद्रपुरका स्थानीयले मेची अस्पताल नजिकै प्रयोगशाला र कोरोना उपचार अस्पताल बनाउँदा जोखिम बढ्ने निष्कर्ष निकाल्दै विरोध गरेका हुन् । नगरमा रहेको एकमात्र सरकारी अस्पतालमा नजिकै कोरोना उपचार अस्पताल बनाउँदा अन्य सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने र स्थानीयमा सङ्क्रमण फैलिन सक्ने भन्दै नगरवासीले विरोध गरेका हुन् ।
प्रदेश २
प्रदेश २ मा जेठ १३ गते सप्तरी जिल्लामा ११, सिरहा जिल्लामा पाँच, धनुषा जिल्लामा एक, महोत्तरी जिल्लामा दुई, रौतहट जिल्लामा २२ र बारा जिल्लामा पाँच जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा जेठ १३ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ९ हजार ८ सय ४६ जनाको स्वाब सङ्कलन गरिएकोमा ७ हजार १ सय ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ६८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो ।
सप्तरीको कञ्चनरूप नपा–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको जेठ १३ गते बिहान साढे ६ बजे मृत्यु भयो । अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको अवस्थामा मृत्यु भएको परिवारका सदस्यले बताए । उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो ।
बागमती प्रदेश
बागमती प्रदेशमा जेठ १३ गतेसम्म २४ हजार २ सय १६ आरडीटी परीक्षण भइसकेको छ । पीसीआर परीक्षण ८ हजार ५ सय ५२ जनामा भएको छ । जसमध्ये कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमितको सङ्ख्या ३८ जना भएकोमा २६ जना उपचारार्थ अस्पतालको आइसोलेशनमा रहेका छन् । साथै एक जनाको महिलाको मृत्यु भएको छ भने ११ जना उपचारपछि घर फर्किसकेका छन् ।
कोभिड–१९को आशङ्कामा पाटन अस्पतालमा जेठ १३ गते २९ जनालाई भर्ना गरी आइसोलेशन वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोभिड–१९ को पुष्टि भएका नौ जनालाई समेत आइसियुमा राखेर उपचार भइरहेको छ भने ८ जना निको भएर घर फर्किएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ १३ गतेसम्म २ हजार २ सय ३६ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार १ सय ७५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ५४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । जेठ १३ गते प्रदेशमा थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसका साथै गण्डकी प्रदेशमा कुल सात जना सङक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । जेठ १३ गते सम्म ७ हजार ९ सय ५० जनाको र्यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
जेठ १० गते भारतबाट आएर स्याङ्जा जिल्ला वालिङ नगरपालिकाको क्वारेण्टाइनमा बसेका २० र २९ वर्षीय दुई जना पुरुषमा जेठ १३ गते कोरोना भाइरस सङक्रमणका पुष्टि भएको छ । उनीहरुको जेठ ११ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर प्रविधिबाट स्वाब परीक्षण गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई जिल्ला अस्पताल स्याङजाको आइसोलेशनमा सारिएको छ । सङक्रमितहरु भारतको सुनौली नाका हुँदै नेपाल आएका थिए ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुसार जेठ १३ गतेसम्म प्रदेश ५ मा १६ हजार ८ सय ८० जनाको आरडीटी विधिमार्फत कोरोना भाइरसको सङ्क्रमण परीक्षण गरिएको जनाएको छ । २३ हजार ५ सय ८९ जना क्वारेण्टाइनमा रहेका छन् । २ सय ६३ जना आइसोलेशनमा रहेका छन् । हालसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् । प्रदेश ५ मा जेठ १३ गतेसम्म
मुक्तकमैया र सुकुम्बासीले लकडाउनका बेला राहत स्वरुप खाद्यान्न नपाएको भन्दै जेठ १३ गते बारबर्दिया नपा–१ को कार्यालयमा तालाबन्दी गरेका छन् । लकडाउनमा राहत स्वरुप खाद्यान्न नपाएको र कामका लागि खाद्यान्न भनेर तीन दिन मात्रै काम दिएपछि बारबर्दिया नपा–१ जमुनीका मुक्तकमैया र सुकुम्बासीहरुले वडा कार्यालयमा तालाबन्दी गरेको मुक्तकमैयाका अगुवा बिन्तीराम थारुले बताउनु भयो ।
कर्णाली प्रदेश
भारतका विभिन्न ठाउँबाट आएका वीरेन्द्रनगर, बबई र सुब्बाकुनामा रहेका क्वारेन्टाइनमा बसेका सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका १० जना र सिम्ता गाउँपालिकाका दुई जना गरी १२ जनामा जेठ १३ गते कोरोना पुष्टि भएको छ । १२ जनाको उपचार कर्णाली प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर थालिएको छ । जसमा एक जना महिला र ११ जना पुरुष रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा दैलेख जिल्लाका आठ जना र सुर्खेत जिल्लाका १५ जना गरी २३ जना रहेका छन् ।
सुदूरपश्चिम प्रदेश
कैलाली जिल्लाको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछाम जिल्लाको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १७ पुगेको छ ।
कोरोना सङ्क्रमणको आशङ्कामा अछाम जिल्लाको मेल्लेख गाउँपालिका–४ कुष्कोटको एकै वडामा २० जनाको थ्रोट स्वाब सङ्कलन गरी सुर्खेत पठाउने तयारी भइरहेको छ । २० जनामा सोही गाउँपालिकाका ३२ वर्षीय युवासँगै भारतबाट धनगढीसम्म आएका नौ जना र क्वारेण्टाइनमा रहेका ११ जना हुन् । दार्चुला जिल्लाका स्थानीय तहहरूले बनाएका क्वारेन्टाइनहरूमा भारत र काठमाडौँबाट उद्धार गरी ल्याएका नागरिकहरू राखिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…