कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ७ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ ७ गते २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डक्टर विकास देवकोटाले सङ्क्रमित हुनेमा धनकुटाका पाँच जना, बाँकेका ६ जना, कपिलवस्तुमा १३ जना र र नवलपरासी पश्चिमका एक जनामा सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा ३ सय ५८ जना पुरुष र ६९ जना महिला रहेका छन् । देशभर ३८ जिल्लामा कोरना सङ्क्रमित पुष्टि भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये जेठ ७ गते थप आठ जना निको भएका छन् ।
कपिलवस्तुको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डाक्टर देवकोटाले अहिले पनि सो व्यक्तिको भेन्टिलेटरमा उपचार भइरहेको र संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउनुभयो ।
प्रदेश १
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ । जेठ ७ गते थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सङ्क्रमित मध्ये २६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका २३ जना, झापाका दुई जना र भोजपुरका एक जना छन् ।
प्रदेश १ मा जेठ ७ गतेसम्म १३ हजार ४ सय ४४ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट ३ हजार ७ सय ७ र आरडीटी विधिबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण गरिएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जेठ ४ गते कोरोना भाइसरको सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि बन्द भएको जिल्ला अस्पताल सञ्चालमा आउने भएको छ ।
प्रदेश २
प्रदेश २ मा हालसम्म १ सय ३७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमध्ये सप्तरीमा एक, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा पाँच, रौतहटमा २२, बारामा पाँच र पर्सामा ९१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । १ सय ३७ कोरोना सङ्क्रमित मध्ये दुई जना उपचार पश्चात डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो ।
प्रदेश २ मा जेठ ७ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ६ हजार ६ सय २३ जनाको स्वाब सङ्कलन गरिएकोमा ५ हजार ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ हजार ४ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जेठ ७ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय २८ जनाको गरिएकोमा ५ हजार ८ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
बागमती प्रदेश
कोरोनाको आशङ्कामा यस प्रदेशमा हालसम्म १५ हजार ७ सय ३१ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये १ सय ४७ जनामा एण्टिबडी पोजेटिभ देखिएको छ । यस्तै हालसम्म ५ हजार ५ सय ४० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेण्टाइनको सङ्ख्या ४ हजार ४ सय ६१ रहेकोमा २ सय ९५ जना बसेका छन् । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका ६६ जना आइसोलेशनमा छन् ।
कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि सिन्धुपाल्चोक जिल्लामा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइन केन्द्रहरू मापदण्ड पुरा नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंका अनुसार जिल्लामा निर्माण गरिएका क्वारेन्टाइन केन्द्रको अनुगमन गर्दा सबै ठाउँमा मापदण्ड पुरा नभएको पाइएको हो । सबै क्वारेन्टाइन केन्द्रहरूमा मापदण्ड पुरा गरी सञ्चालन गर्न स्थनीय सरकारलाई अनुरोध गरेको चापागाईंले बताउनु भयो ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भए लगत्तै सो क्षेत्रलाई ‘सिल’ गरी ट्रेसिङ गर्न लागिएको नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिनुभएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ७ गतेसम्म १ हजार ५ सय २० जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार १ सय ३७ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ८० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ७ गते सम्म ६ हजार ९ सय ९८ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले लकडाउनका समयमा दैनिक जनजिवनमा परेका प्रभावबारे ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले विदेश र भारतीय सीमामा रहेका नेपाली नागरिकलाई व्यवस्थित रूपमा घर फर्काइ स्वाब परीक्षण पश्चात सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइ घर फर्कने अवस्था सिर्जना गर्न माग गरेको छ ।
प्रदेश ५
तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराई रहेका गुल्मी जिल्ला मदाने गाँउपालिका ६ का ४१ वर्षीय शिक्षक आइसियूमै उपचाररहत रहेको अस्पतालले जनाएको छ । उनलाई जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको भेण्टिलेटरको सहयतामा उपचार भैरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा मृत्यु भएको खबर आएपछि अस्पतालले नकारात्मक हल्ला फैलाएको भन्दै यस्ता गलत हल्ला नफैलाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १ हजार ८ सय १९ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १ हजार ४ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको, ३ सय ४३ जनाको रिपोर्ट प्रक्रियामा रहेको र ३७ जनाको रिपोर्ट पोजेटिभ रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो । त्यसैगरी बुटवलधागो कारखानास्थित कोरोना विशेष अस्पतालमा जेठ ६ गतेसम्म ३६ जना सङ्क्रमित रहेको लुम्बिनी प्रादेशिक अस्पलात बुटवलका बरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुलाई लक्ष्ण नदेखिएको डा. थापाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश
सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाले कोरोनाको आशङ्का भएका व्यक्तिलाई राख्न जेठ ५ गतेदेखि त्रिपुरेश्वर मावि ढोरेखाली र जनउच्च मावि गरी थप दुई ठाउँमा पूर्व सावधानी गृह सञ्चालनमा ल्याएको छ । यसैगरी, प्रदेश भित्रिने हरेकलाई चेकजाँच गर्न जेठ ५ गते भेरीगङ्गा नगरपालिकाको छिन्चु बजारमा स्क्रिनिङ सेन्टर स्थापना गरेको छ ।
जुम्ला जिल्लाको क्वारेण्टाइनमा सुरक्षाको अभाव भएकाले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिनअगावै घर जाने गरेकाले जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन निर्माण गरी त्यसको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१ शान्तिनगरका ४३ अतिविपन्न घरपरिवारलाई दलित सेवा सङ्घ सल्यानको पहल तथा नर्वेको सहयोगमा राहत वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
डोटी जिल्ला अस्पतालमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका एक व्यक्तिको सोही अस्पतालको आइसोलेशनमा उपचार भइरहेकोमा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ ६ गते डिस्चार्ज गरिएको छ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको समन्वयमा भीमदत्त नगरपालिकाले सीमामा अलपत्र परेका १ सय ९५ जना नेपाली नागरिकहरूको जेठ ६ गते उद्धार गरी भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–१ रहफस्थित क्वारेन्टाइनमा रहेका सात जना, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी १२ जना, बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकाका एक/एक जना र वयलपाटा अस्पतालका दुई जना गरी १४ जनाको थ्रोट स्वाब सङ्कलन गरेर जेठ ६ गते सुर्खेत पठाइएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…